बागलुङ । बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
युवतीको पाँचौ र छैंटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।
बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैंटौ स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

२८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन् । उनले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्यता गर्न सबैलाई आग्रह गरिन् ।
“सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ”, सापकोटाले भनिन्, “कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगे ।” उनले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लैजानुभएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धेरै धन्यवाद दिइन् ।
‘चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन,’ उनले अनुभव सुनाइन् । ‘२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइन, आत्मबल झनै दह्रो बनाएर बसेँ ।’ अन्य कोरोना संक्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान सुझावसमेत दिइन् ।
आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरिन् । सापकोटाले मानसिकरूपमा विचलित भएमा कमजोर हुने भन्दै सबैलाई सकारात्मक सोच्न आग्रह गरिन् । आत्मबल र धैर्यता नै कोरोनाको अचुक औषधि रहेको उनले बताइन् ।
छोरीलाई कोरोना संक्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिराम सापकोटाले बताए ।
उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताए। अठ्ठाइस दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको भन्दै अंशुले उपचारमा खट्ने तथा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका थिए ।

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको अंशुको भनाइ छ । अस्पताल बसाइमा अंशुले आफूलाई कहिल्यै कमजोर नठानेको उपचारमा संलग्न डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।
युवतीलाई नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालयले घर पुर्याएको थियो । युवतीको अवस्था सामान्य भए पनि यसअघिको चार स्वाब रिपोर्ट कोरोना सङ्क्रमण अर्थात् पोजेटिभ रिपोर्ट आएको थियो ।
युवती चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिइन् । उनको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसै सातामात्रै नेपालको छैंटौ तथा जिल्लाको दोस्रो संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल दम र उच्च रक्तचापका बाबजुद पनि सहजै कोरोनालाई जितेर घर फर्किसकेकी छन् । खेमराज गौतम/रासस
बागलुङकी अन्सु सापकोटा कोरोना मुक्त, रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज
बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीको सम्पर्कमा आउनेको स्याम्पल लिइदै, पोखरामा बढ्यो कोरोनाको सन्त्रास
बागलुङकी कोरोना संक्रमित युवतीको परिवारमा छैन कोरोना
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन