तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका स्थित सेती नदिमा दुईजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसारआमा छोरीको शव फेला परेको हो ।
तनहुँको व्यास-१ निर्मलनगर निवासी ३४ वर्षीया रबिना श्रेष्ठ र उनको छोरी ११ वर्षीया प्रिया श्रेष्ठको शव नदिमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले शनिबार ऋषिङ १ कोइदिमस्थित सेती नदीमा प्रिया श्रेष्ठ (छोरी) र करिब तीन किलोमिटर पर ऋषिङ ३ स्थित मास्दीघाटमा रबिना श्रेष्ठ (आमा) को शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
शुक्रबार १५ वर्षीय छोरा बिपिन श्रेष्ठ आफ्नै घरमा मृत भेटिएको भोलिपल्ट शनिबार उनकी आमा र बहिनीको शव सेती नदीमा भेटिएका हो । शारीरिक रुपमा अशक्त विपिन घरमा एक्लै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बिपिन पूर्णरुपमा र उनकी बहिनी प्रिया पनि शारीरिक रुपमा अशक्त थिईन । बिपिनका बुबा भारतमा रोजगारीमा रहेका छ्न ।
रबिनाले घरमा मोबाइल र गरगहना छोडेर छोरीसँग १० गतेबाट बेपत्ता थिइन । छोरालाई समेत एक्लै छोडेर बेपत्ता रबिना र उनकी छोरी प्रियाको खोजि गर्दा शनिबार मृत अवस्थामा नदीमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
छोरा बिपिनको घाँटीमा निलो डाम र घरमा सबै सामान छाडेर बेपत्ता भएकाले छोराछोरीको अवस्थाका कारण विरक्त महिलाले अप्रिय कदम चालेको आशंका आफन्तले गरेका छन् ।
आफन्त र छिमेकीले आत्महत्याको आशंका गरेतापनि प्रहरीले भने शव पोस्टमार्टम र थप अनुसन्धान पछि मात्रै कारण पत्ता लाग्ने बताएको छ ।
अहिले आमाछोरीको शव दमौली अस्पतालमा राखिएको छ । छोरा बिपिनको भने पोस्टमार्टम भईसकेको तर रिपोर्ट आइनसकेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’