बिरामी लिएर पोखरा जाँदै गरेको बलेरो जिप तनहुँको घिरिङमा दुर्घटना: एकको मृत्यु, ६ जना घाइते

बिरामी लिएर पोखरा जाँदै गरेको बलेरो जिप तनहुँको घिरिङमा दुर्घटना: एकको मृत्यु, ६ जना घाइते

Jeep Acc Ghiring

तनहुँ । तनहुँको घिरिङमा बलेरो जिप दुर्घटना भएको छ । घिरिङ गाउँपालिका-५ बेलभञ्ज्याङ देउराली स्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

जिप दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा नवलपुरको बौदिक कालिका गाउँपालिका २ बस्ने अन्दाजी २३ वर्षिया सन्जु पोख्रेलको रहेको प्रहरीले जनाएको छ । पोख्रेलको उपचारका क्रममा पोखरामा मृत्यु भएको प्रहरी जनाएको छ ।

डेढगाउँबाट पोखरातर्फ जॉदै गरेको जीप दुर्घटनामा परेको हो । ग १ ज ७५०२ नम्बरको बलेरो जीप आफै अनियन्त्रीत भई सडकबाट २ सय मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

६ महिने बालक अनिल खत्रीको उपचार गर्न हिँडेको जीप दुर्घटनामा परेपछि एकै परिवारका चार जना घाइते भएका छन् ।

सवारी चालक नवलपुरको बौदिक कालिका गाउँपालिका २ बस्ने ३१ वर्षीय चाम बहादुर दमै सहित ६ जना घाईतेको शुभ लक्ष्मी मेडिकल भिमादमा उपचार भईरहेको प्रहरि नायब निरिक्षक भेषराज रेग्मीले जानकारी दिए ।

नवलपुर बौदिक कालिका गाउँपालिक-२ बस्ने वर्ष ५४ को दिलमाया खत्री, वर्ष २६ की सुनिता खत्री, वर्ष ७ को अविषेक खत्री, ६ महिनाको अनिल खत्री र सहचालक वर्ष २१ को सन्तोष परियारको भिमादमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

५४ वर्षिया दिलमाया खत्रीको अवस्था गम्भीर रहेकाले पोखरा पठाउने तयारि भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ