नवलपरासी । नवलपरासीमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीमा एक जना र पूर्वी नवलपरासीमा एक जना गरी दुई जनालाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ भुजहवा भन्सार टोलमा प्रहरी चौकी भुजहवाको टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले पाल्ही नन्दन गाउँपालिका ३ कुस्मा निवासी ३४ बर्षका शेषकुमार उपाध्यायलाई ब्राउन सुगर लगायतका लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट ओनेरेक्स सिरफ एक सय एमएलको ६० बोटल, अनरेक्स एक सय एमएलको १७ बोटल, स्पाम्स २ सय ८ क्याप्सुल, उइनसापास्मो २ सय ८१ क्याप्सुल, फेनरागत ६४ पिस, डाइजेपाम ६९ पिस, नुफ्रिन ६७ फिस, ब्राउन सुगर खैरो हिरोइन ७ ग्राम र नाइट्रोभेट २ सय ३८ ट्याब्लेन र युपी ५६ एएफ ०७३१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गाँजा सहित एक जना पक्राउ परेको छ । २ किलोग्राम गाँजासहित मध्यविन्दु १० अरणखोला दमार चोकबाट प्रहरीले १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मध्यबिन्दु १५ का बर्ष २८ चेत बहादुर नेपाली रहेको ईलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी नायब निरीक्षक जनक बुढाले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण