नवलपरासीमा लागुऔषधसहित दुई जना पक्राउ

नवलपरासीमा लागुऔषधसहित दुई जना पक्राउ

Laguausadh

नवलपरासी । नवलपरासीमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीमा एक जना र पूर्वी नवलपरासीमा एक जना गरी दुई जनालाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ भुजहवा भन्सार टोलमा प्रहरी चौकी भुजहवाको टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीले पाल्ही नन्दन गाउँपालिका ३ कुस्मा निवासी ३४ बर्षका शेषकुमार उपाध्यायलाई ब्राउन सुगर लगायतका लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट ओनेरेक्स सिरफ एक सय एमएलको ६० बोटल, अनरेक्स एक सय एमएलको १७ बोटल, स्पाम्स २ सय ८ क्याप्सुल, उइनसापास्मो २ सय ८१ क्याप्सुल, फेनरागत ६४ पिस, डाइजेपाम ६९ पिस, नुफ्रिन ६७ फिस, ब्राउन सुगर खैरो हिरोइन ७ ग्राम र नाइट्रोभेट २ सय ३८ ट्याब्लेन र युपी ५६ एएफ ०७३१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गाँजा सहित एक जना पक्राउ परेको छ । २ किलोग्राम गाँजासहित मध्यविन्दु १० अरणखोला दमार चोकबाट प्रहरीले १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मध्यबिन्दु १५ का बर्ष २८ चेत बहादुर नेपाली रहेको ईलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी नायब निरीक्षक जनक बुढाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ