स्ववियु जनप्रियद्वारा पोखराका दुई वडालाई थर्मगन सहयोग

स्ववियु जनप्रियद्वारा पोखराका दुई वडालाई थर्मगन सहयोग

Janapriya

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनप्रिय बहुमुखी क्याम्पसले पोखरा महानगरपालिका वडा नं ७ र ८ लाई थर्मगन सहयोग गरेको छ । मंगलबार दुई वडामा गएर संस्थाका सभापती आशिक गुरुङले थर्मगन हस्तान्तरण गरेका हुन् ।

थर्मगन हस्तान्तरण गर्दै सरकारले लकडाउन गरेका कारण कोरोना संक्रमण कम भएको बताएका थिए । उनले लकडाउन लाई अझै प्रभावकारी बनाउदै धेरै भन्दा धेरै स्वाब परिक्षणमा सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिए । ‘कोरोनाको प्रकोप रोक्न लकडाउन उचित उपाय हो ।’ उनले भने ‘सरकारले यसलाई अझ प्रभावकारी गराउँदै धेरै स्वास्थ परिक्षणमा ध्यान दिनु पर्छ ।’

सभापति गुरुङले यो बेला सबैलाई घरभित्र नै बस्न र स्वास्थ रहने विधि अवलम्बन गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds