रोटरी क्लब अफ दमौलीद्वारा दमौली अस्पताललाई पीपीई र मास्क सहयोग

रोटरी क्लब अफ दमौलीद्वारा दमौली अस्पताललाई पीपीई र मास्क सहयोग

Rotary Damauli PPE Help Hospital

तनहुँ । रोटरी क्लब अफ दमौलीले जिल्लाको दमौली अस्पताललाई कोरोनाबाट सुरक्षित रहनका लागि पीपीई र मेडिकल मास्क लगायतका सामग्री सहयोग गरेको छ ।

क्लबले बिहिबार दमौली अस्पताललाई ५ थान पीपीई, १ सय ५० थान मेडिकल मास्क र २ थान एन ९५ मास्क सहयोग गरेको क्लबका अध्यक्ष क्या.सुर्जकुमार मल्लले बताए ।

क्लबका अध्यक्ष मल्लसहित क्लबका पदाधिकारीले दमौली अस्पतालका अध्यक्ष प्रदिप अधिकारिलाई उक्त सामाग्री हस्तान्तरण गरेको क्लबका आगामी वर्षका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।

आफ्नो ज्यान समेत जोखिममा राखेर दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर ती सामाग्री सहयोग गरेको क्लबले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ