श्रमिक दिवस: अमेरिकामा अध्ययनरत विद्यार्थीको सहयोगमा तनहुँका २८ श्रमिक परिवारलाई राहत

श्रमिक दिवस: अमेरिकामा अध्ययनरत विद्यार्थीको सहयोगमा तनहुँका २८ श्रमिक परिवारलाई राहत

Rahat Nahala Tanahu

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाको वडा नं. १ स्थित तल्लो नाहाला टोलमा बसोवास गर्ने दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्न समुदायका २८ घरपरिवारलाई तेश्रो चरण अन्तरगतको राहत वितरण गरिएको छ ।

वडा नं. १ को नाहाला स्थित बिष्णु माध्यमिक विद्यालयमा केही महिना आगाडी कम्युनिटी भिजिटमा आएका विद्यार्थी तथा प्राधानाध्यपक सहितको समुहले उक्त राहत सहयोग गरेका हुन् ।

उक्त टोलीले ४८ हजार रुपैयाँ पठाएको हुँदा सोही रकमबाट यहाँका श्रमिक तथा विपन्न समुदायलाई गाउँपालिकाको समन्वयमा तेश्रो चरणको राहत स्वरुप खाद्यन्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

सहयोग उपलब्ध गराएको टोलीले नै नामावली तोकेर राहत उपलब्ध गर्न भनिए अनुसार तल्लो नाहाला टोलका विपन्न, श्रमिक गरी २८ घर परिवारलाई चामल १ बोरा, साबुन ३, तेल १ पोका र दाल १ केजी उपलब्ध गराइएको वडा नं. १ का अध्यक्ष भानुभक्त पोख्रेलले जानकारी गराए ।

जर्जिया प्रान्तको जर्जिया युनिभर्सिटीमा रहेर अध्ययनरत बन्दिपुर-१ निबासी शेखरनाथ अधिकारीका छोरा पुजन अधिकारी सहितको ११ जना बिद्यार्थी र प्राद्यापक सहितको समुह भोलेन्टियरका रूपमा केही समय उक्त बिद्यालयमा आएका थिए ।

उनीहरुको समूहले केही समय त्यस क्षेत्रमा बस्दा यहाँको केही ब्यक्तिहरुको अवस्था देखेर गएको र उता पुगेपछि उनिहरुले केही रकम सहयोग स्वरूप यहाँ पठाइको सहजकर्ता तथा बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर पोखरेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ