तनहुँको सत्रसयमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ बालक घाइते

तनहुँको सत्रसयमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ बालक घाइते

Gas Bispot1

ग्यास सिलिण्डर विस्फोटबाट भएको क्षति । तस्बिर : राम बहादुर धामी

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित सत्रसयमा आइतबार बिहान ग्यास सिलिण्डर बिस्फोट हुँदा २ जना बालक घाईते भएका छन् ।

विस्फोटमा पारी स्थानिय विनोद विकका दुई छोरा ११ वर्षीय विवेक र सात वर्षीय सरगम घाइते भएका हुन् ।

घाईते मध्ये विवेक विकको शरिर र हातको केही भाग जलेको र अर्का घाईते सरगम विकको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

उनीहरुको अहिले आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भैरेहेको छ । दुवै घाइते बालकहरु खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

खान पकाइरहदा ग्यास सिलिण्डर विस्फोट भएको थियो । सिलिन्डर विस्फोट हुँदा विकको घरको भित्तासहित छाना भत्किएको छ ।

ग्यास सिलिण्डर विस्फोट हुँदा घरको अधिकांश भागमा क्षति पुगेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ