तनहुँ भानुको सामुदायिक वनमा युवकको शव भेटियो

तनहुँ भानुको सामुदायिक वनमा युवकको शव भेटियो

Death

तनहुँ । तनहुँको भानु नगरपालिका स्थित एक सामुदायिक वनमा युवकको शव भेटिएको छ । आइतबार भानु-४ स्थित जामुनेस्वारा खलातेडाडा सामुदायिक वनमा स्थानिय ३५ वर्षीय रोशन रसाइलीको शव फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार बिहानै घरबाट निस्केका रसाइली लौडारी गाउँ र बोहोरा गाउँ जाने दोबाटोको सालको रुखमुनि मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय नारेश्वटारले जनाएको छ ।

शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरीले दिएको छ । पोस्टमार्टम पछि नै के कारणले मृत्यु भएको थाहा हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ