कोरोना भाइरस महिला भन्दा पुरुषका लागि किन घातक छ ?

कोरोना भाइरस महिला भन्दा पुरुषका लागि किन घातक छ ?

mala-and-female

स्वास्थ्य । कोभिड–१९ को गम्भीरता र मृत्युदर महिला संक्रमितहरुको तुलनामा पुरुषहरुमा अधिक हुने गरेको मानिएको छ । कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ । एउटा प्री–प्रिन्ट स्टडीका अनुसार, कोरोना भाइरसको महिला र पुरुषमा अलग–अलग असर हुने संकेत पाइएको छ ।

यूनिभर्सिटी अफ टेक्सस, ह्यूस्टन मेथोडिस्ट रिसर्च इंस्टीट्यूट र यूनिभर्सिटी अफ टेनेसी हेल्थ साइन्स सेन्टरका अनुसन्धानकर्ताहरुका अनुसार, यसका लागि विभिन्न कारक तत्वहरु जिम्मेवार हुन सक्छन् । जस्तो कि, दुवै लिङ्गको जेनेटिक संरचना र संक्रमणका लागि संवेदनशीलता बढाउने खालका बानीहरु ।

इटालीमा कोरोना भाइरसबाट भएको मृत्युमा करिब २९.१ प्रतिशत मात्र महिला थिए ।अनुसन्धानका अनुसार, एउटा सम्भावित कारण महिलाहरुमा एक्स–लिंक्ड जीन्सको लिङ्गमा आधारित मोड्यूलेशन हुनसक्छ, जुन संक्रमणका लागि संवेदनशीलतालाई बढाउन सक्नेछ । अनुसन्धानकर्ताहरुले तर्क दिएका छन् कि, पुरुष र महिलाहरुमा कोरोना भाइरसलाई लिएर प्रतिरोधक प्रतिक्रिया अलग–अलग हुनसक्छ ।

कतिपय वैज्ञानिकले यसलाई यौन हर्मोनसँग जोडेर हेरेका छन्, उनीहरू भन्छन्, पुरुषको यौन हर्मोनमा टेस्टोस्टेरन को मात्रा बढी हुन्छ, जसले रोग प्रतिरोधक प्रणाली खुम्च्याउने काम गर्छ । जबकि, महिलाको यौन हर्मोनमा हुने एस्ट्रोजेन ले रोग प्रतिरोधक प्रणाली अझ सक्रिय बनाउँछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds