लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीमा शक्ति

लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीमा शक्ति

Shakti Baruwa

पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गतको लायन्स अफ पोखरा स्वर्णीम सिटीको नेतृत्व शक्ति बरुवालले सम्हालेका छन् ।

लायन वर्ष २०-२१ का लागि बरुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । कोरोना महामारीमा राज्यले अवलम्वन गरेको लकडाउनका कारण समारोह आयोजना गर्न नमिलेपछि अनलाइन मिटिङ नै बसेर सर्वसम्मत रुपमा नेतृत्व हस्तान्तरण गरेका निर्वाचन संयोजक तथा संस्थापक अध्यक्ष गोबिन्द देबकोटाले जानकारी दिए ।

निबर्तमान अध्यक्ष मोहन प्रसाद अधिकारीले अध्यक्षता गरेको बैठकले प्रथम उपाध्यक्षमा राजु लामा, द्वितीय उपाध्यक्षमा हरि प्रसाद अर्याल, सचिबमा सञ्जय पौडेल र कोषाध्यक्षमा रबिन पौडेल निर्वाचित भएका छन् । साथै, आवश्यक विभिन्न पदमा पनि चयन गरिएको उनले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ