तनहुँको भानुमा वडा कार्यालय नजिक ३२ वर्षीय पुरुषद्वारा आत्महत्या

तनहुँको भानुमा वडा कार्यालय नजिक ३२ वर्षीय पुरुषद्वारा आत्महत्या

suicide

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं ५ स्थित सेपाबगैचा माथि आमडाडामा एक पुरुषले मंगलबार आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा भानु-५ आमडाडाका अन्दाजी ३२ वर्षीय सोमराज पोख्रेल छन् ।

भानु नगरपालिक वडा नं ५ को कार्यालय नजिक रहेको खालि भवनमा आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आज बिहान देखि पोख्रेल घरमा थिएनन् ।

पोख्रेलको श्रीमती र ३ जना छोरा रहेको इलाका प्रहरी कार्यालय नारेश्वटारले जानकारी दिएको छ । के कारणले आत्महत्या गरे भनेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पोख्रेलको शव पोस्टमार्टमका लागि दमौली स्थित दमौली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ