किरण श्रेष्ठ, तनहुँ । जिल्ला प्रशासन कार्यालय, तनहुँले बाहिरी जिल्ला जान सवारी पास नदिने निर्णय गरेको छ ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले जारी गरेको बन्दाबन्दि (लकडाउन) लाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए । अत्यावश्यक बाहेकका सवारी अब देखि पूर्ण बन्द गर्ने प्रजिअ अधिकारीले बताए ।
‘एउटा कामका लागि भनेर लगेको पास अर्कै काममा पटक-पटक दुरुपयोग हुन थालेको देखियो ।’ प्रजिअ अधिकारीले भने ‘अत्यावश्यक बाहेक अरुलाई अब पास जारी हुँदैन ।’
यसअघि, तनहुँ जिल्ला बाहिर जान समेत प्रशासनले सवारी पास जारी गर्दै आएको थियो । तर देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मंगलबार उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए ।
सुरक्षा समिति र कमाण्ड पोस्टको मंगलबार बसेको बैठकले लकडाउनको अवस्था र क्वारेन्टाइनमा बसेका व्यक्तिको सुविधाबारे छलफल गरेको प्रजिअ अधिकारी जानकारीले दिए ।

अहिले भूपू सेनाको पेन्सन लिन आउने मानिसहरुका कारण बैंकमा भिडभाड देखिएको प्रजिअ अधिकारी बताउँछन् । उक्त समस्याको समाधानका गर्न बैंकलाई सामाजिक दुरी कायम गर्न अनुरोध गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
केहि समय अघि जिल्ला प्रशासन कार्यालयले मस्जिदहरु समेत अनुगमन गरेको थियो तर त्यहाँ बाहिरबाट आएको मानिस फेला नपरेको प्रजिअ अधिकारीले जानकारी दिए ।
३८ जना क्वारेन्टाइनमा
अहिलेसम्म जिल्लामा ८ सय ६२ जना विदेशबाट आएका छन् । जसमध्य ५ सय ९४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कॊरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानिय तहमा गरी कुल ३८ जना क्वारेन्टाइन रहेका छन् । क्वारेन्टाइनमा रहेका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु