किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानुमा मान्छेलाई आक्रमण गर्न आएको एउट चितुवा मारिएको छ । भानु नगरपालिका–४ स्थित कुमालगाउँमा बिहिबार बिहान करिब ३ बजे आएको चितुवा मारिएको हो ।
अन्दाजी १५ किलो तौल र करिब ३ वर्षको पोथी चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । ‘रोगि जस्तो देखिने पोथी चितुवाको शरिरको बाहिरि भाग खुइलिएको छ ।’ प्रमुख बरालले भने ‘मृत चितुवा दमौली ल्याइसकेका छौ अब कार्यालय परिसरमा गाड्छौ ।’
स्थानीय ३६ वर्षिय रामबहादुर कुमालले व्यावसायिक रूपमा पालेको कुखुरा रातिको समयमा चोरेपछि चोरलाई स्थानीयवासीले लखेट्दै जाँदा वन छेउको रुखमा रहेको चितुवा एक्कासी मानिसमाथि जाइलागेपछि चितुवा मारिएको हो ।
सो क्रममा स्थानीय रामबहादुर कुमाल सख्त घाइते भएको डिभिजन वन प्रमुख बरालले जानकारी दिए । घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको १६ स्थानमा १६ वटा खोर निर्माण गरी पासो थाप्दै आएको छ ।
गत वैशाख ३ गते तनहुँको बन्दिपुर गाउँपालिका-४ स्थित लोहिपाखा सामुदायिक बनमा राखिएको फलामे खोरमा चितुवा मृत अवस्थामा फेला परेको हो । खोरमा परेको उक्त चितुवालाई रडले घोचेर मारेको पुष्टि भएको थियो ।

चितुवाको आक्रमणबाट घाइते भएका राम बहादुर कुमाल ।
तनहुँको भानु नगरपालिका हुदै आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दिपुर गाउँपालिका क्षेत्रमा चितुवाले पछिल्लो समय आतंक मच्याएको छ ।
तनहुँमा नरभक्षी चितुवाले आतंक मच्चाईरहँदा कास्कीको पोखरामा समेत बालिकाको ज्यान लिएको थियोे । पोखरा महानगरपालिका ३२ काठेगाउँकी ७ वर्षीया बालिकाको केहि समय अघि चितुवाले ज्यान लिएको थियो ।
९ जनाको मृत्यु, ७ घाइते
जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाएका छन । त्यस्तै ७ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । अहिले सम्म ७ वटा चितुवा खोरमा परेका छन ।
यी हुन चितुवाको आक्रमणबाट ज्यान गुमाउने ९ बालबालिका
तनहुँमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाईसकेका छन । चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।
त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी-३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको मृत्यु भईसकेको छ ।
त्यस्तै २ वर्षको अवधिमा ७ जना बालबालिका चितुवाको आक्रमणबाट घाइते छन ।
सम्बन्धित खबर
चुनाव भाँड्न खोज्नेकै माग अनुसार जनप्रिय क्याम्पस प्रशासनले रोक्यो निर्वाचन प्रक्रिया
पोखरा वडा नं. २१ का अध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा बालसाहित्य पुस्तक वितरण
सहारा युकेका संस्थापक अध्यक्ष गुरुङद्वारा सहयोग हस्तान्तरण
स्ववियू चुनाव: पोखरा नर्सिङ क्याम्पस सभापतिमा रचना पौडेलको उम्मेदवारी
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय