सिडेन गण्डकी प्रदेशद्वारा गण्डकी अस्पताललाई पिपिइ र मास्क हस्तान्तरण

सिडेन गण्डकी प्रदेशद्वारा गण्डकी अस्पताललाई पिपिइ र मास्क हस्तान्तरण

received_352086052426052

पोखरा । नेपाल सरकारले लकडाउन निरन्तर राख्ने निर्णय गरिरहेको बेला कोरोनासंग लड्न निरन्तर प्रयोग हुने वस्तु पिपिइ र मास्क बजारमा अभाव भईहेको छ ।

सोही अवस्थालाई मध्यनजर गर्दै शुक्रबार सेन्टर फर डिमोक्रेटिक ईन्जिनियर्स गण्डकी प्रदेशको तर्फबाट प्रभावकारि परिक्षणका लागी सहयोग पुग्ने हेतुले १५ थान पर्सनल प्रोटेक्टिभ इकुप्मेनट(पीपीई) र ५ सय थान मास्क पश्चिमाञ्चल क्षेत्रीय हस्पिटल गण्डकीलाई हस्तान्तरण गरेको छ ।

सिडेन गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र पाण्डे, सचिव सन्तोष जिसि, कोषाध्यक्ष अबित केसि, सदस्य सरोज लामिछाने, सृजन कोइराला एबम सल्लाहकार रमेश बास्तोला लगाएतले नेपाली काङ्ग्रेस कास्की जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेको उपस्थितिमा उक्त सामान हस्तान्तरण गरेको हो ।

साथै कार्यक्रममा लक्ष्मी पाण्डेले पनि ५ थान पीपीई गण्डकी हस्पिटललाई प्रदान गरेकी थिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ