लकडाउनमै भारतको कोलकत्ताबाट रक्सौल हुँदै ट्रक चढेर आएका थिए नवलपुरका पहिलो कोरोना संक्रमित

लकडाउनमै भारतको कोलकत्ताबाट रक्सौल हुँदै ट्रक चढेर आएका थिए नवलपुरका पहिलो कोरोना संक्रमित

coronavirus22

कमला राना मगर, नवलपुर । नवलपुर (पूर्वी नवलपरासी) का पहिलो कोरोना संक्रमित भारतबाट अवैध बाटो हुँदै आएको खुलेको छ । उनी रक्सौल हुँदै गत वैशाख ३० गते जिल्ला आएको पाइएको स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व)ले जनाएको छ ।

ट्रक चढेर नवलपुर पुगेका उनलाई वडाध्यक्ष दिनेश भुषाल सहित स्थानियले भारतबाट आएको थाहा पाएपछि सोही दिन प्रहरीको सहयोगमा चितवनको भरतपुरस्थित कोरोना अस्पताल पठाइएको थियो ।

उनी भारतको कलकत्तामा बस्दै आएको खुल्न आएको भरतपुर कोरोना विशेष अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिए ।


लकडाउन लम्बिएपछि उनी सीमासम्म कतै हिँडेर र कतै गाडीमा आइपुगेका थिए ।

उनका अनुसार उनको स्वाब बिहीबार परीक्षण भएकोमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले उनी अस्पतालकै आइसोलेसन कक्षमा रहेको र अवस्था सामान्य रहेको जानकारी दिए ।

संक्रमित व्यक्ति देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुष रहेको पनि उनले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि विदेशबाट आएका बागलुङका दुई जनामा कोरोना पुष्टि भएको थियो भने उनीहरु निको भइसकेका छन् ।

शुक्रबार नवलपुरमा एक जना थपिएसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पूर्वी नवलपरासीको देवचुलीमा एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ