कमला राना मगर, नवलपुर । नवलपुर (पूर्वी नवलपरासी) का पहिलो कोरोना संक्रमित भारतबाट अवैध बाटो हुँदै आएको खुलेको छ । उनी रक्सौल हुँदै गत वैशाख ३० गते जिल्ला आएको पाइएको स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व)ले जनाएको छ ।
ट्रक चढेर नवलपुर पुगेका उनलाई वडाध्यक्ष दिनेश भुषाल सहित स्थानियले भारतबाट आएको थाहा पाएपछि सोही दिन प्रहरीको सहयोगमा चितवनको भरतपुरस्थित कोरोना अस्पताल पठाइएको थियो ।
उनी भारतको कलकत्तामा बस्दै आएको खुल्न आएको भरतपुर कोरोना विशेष अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिए ।

लकडाउन लम्बिएपछि उनी सीमासम्म कतै हिँडेर र कतै गाडीमा आइपुगेका थिए ।
उनका अनुसार उनको स्वाब बिहीबार परीक्षण भएकोमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले उनी अस्पतालकै आइसोलेसन कक्षमा रहेको र अवस्था सामान्य रहेको जानकारी दिए ।
संक्रमित व्यक्ति देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुष रहेको पनि उनले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि विदेशबाट आएका बागलुङका दुई जनामा कोरोना पुष्टि भएको थियो भने उनीहरु निको भइसकेका छन् ।
शुक्रबार नवलपुरमा एक जना थपिएसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ