झापा । सर्वसाधारणको विरोधपछि गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्किने पास दिएको छ । बिहीबार पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिएका थिए। तर, पास खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो। तर गृहले सो निवेदन पनि खारेज गरेको थियो ।
तर, बिहीबार पूर्वराजालाई काठमाडौं आउन पास नदिइएको भन्दै आम नागरिक स्तरमा व्यापक विरोध भएको थियो । सामाजिक सञ्जालमा पूर्वराजा शाहलाई पास नदिइएको भन्दै सरकारको आलोचना भएको थियो ।
यसपछि, शुक्रबार जिल्ला प्रशासन कार्यालयले इमेलमार्फत पुनः गृह मन्त्रालयलमा निवेदन पठाएर पूर्वराजा, पूर्वरानी कोमल शाहसहित पाँच जनाको सवारी पास जारी गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका प्रजिअ रानाले बताए ।
कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनी झापामा बस्दै आएका थिए ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते