पोखरा – विश्वका ५४ देशमा शाखा रहेको ब्यबसायीहरुको साझा संस्था कमन वेल्थ इण्टर्प्रेनर क्लबको नेपाल च्याप्टरमा पोखरा ७ रत्नचोकका रिधिन्द्र गिरि चुनिएका छन् । यो संगै संस्थाले गिरीलाई बिश्वब्यापी समितिको सल्लाहाकार सदस्यमा पनि चुनेको छ । बिश्वभरि १५००० सदस्य रहेको यो क्लबले गरिबी निवारण गर्न अन्तराष्ट्रिय निजि क्षेत्र र सम्बन्धित मुलुकको सरकार संग साझेदारी गरि काम गर्दछ ।
क्लबले पुंजीमा पहुँच, वितरण ,नवीनता, एसएमई वृद्धि र कृषि, पूर्वाधार, ऊर्जा, उत्पादन, शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । कमन वेल्थ बेलायतकोको उपनिभेष भएर स्वतन्त्र बनेका राष्ट्रका व्यवसायीको संस्था भए पनि नेपालको गरिबी निवारण र युवा शक्तिलाई स्वदेशमै उत्पादन मुखी बनाउने उदेश्यले नेपाललाइ आमन्त्रित सदस्य बनाएको अध्क्ष्य गिरीले बताए ।
सीई क्लब सग व्यवसायी र सरकारका सयौं विज्ञहरूको अन्तर्राष्ट्रिय नेटवर्क छ जुन रोजगारी सिर्जना गर्न र गरिबी निवारण गर्न सीइ को माध्यमबाट आर्थिक र सामाजिक रुपमा तयार रहेको अध्क्ष्य गिरीले जानकारी दिंदै भने अफ्रिका, एशिया, युन र ईयूका निर्णय निर्माताहरूसँग काम गर्दछौं जसको मध्यम बाट साना र मध्यम उद्यम सहित पूर्वाधार विकास, लगानीका अवसरहरू र व्यापार वृद्धि कसरी गर्ने भन्ने कुरामा कार्यक्रम चालाउछौ ।
हाल जापानमा बसेर आफ्नो ब्यबसाय गर्दै आएका गिरीले तत्कालनै नेपालका केहि समुदायलाइ सहयोग र उत्पादनमुखी ब्यबसायमा लाग्न प्रेरित गरेर आयोजनानै संचालन गर्ने अध्क्ष्य गिरीले बताए । कमन वेल्थ इण्टर्प्रेनरको मुख्य कार्यालय बेलायतको लन्डनमा छ ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’