अत्यावश्यक खाद्यान्न ढुवानी भन्दै दमौलीमा मान्छे ओसार्ने जिप तनहुँ प्रहरीको नियन्त्रणमा (भिडियो सहित)

अत्यावश्यक खाद्यान्न ढुवानी भन्दै दमौलीमा मान्छे ओसार्ने जिप तनहुँ प्रहरीको नियन्त्रणमा (भिडियो सहित)

Jeep LD Manxe Bokdai1

लकडाउनमा सांगेबाट दमौली आएको जिपबाट ओर्लदै यात्रु ।

किरण श्रेष्ठ, तनहुँ । अत्यावश्यक खाद्यान्न ढुवानी भन्दै दमौलीमा मान्छे ओसारपसार गरेको अवस्थामा जिप भेटिएको छ । शुक्रबार तनहुँको व्यास-६ सांगेबाट दमौली आउने यात्रु लिएर ग १ ज ७३८१ नम्बरको बलेरो जीप दमौली नजिक व्यास-५ कन्टार सम्म मान्छे लिएर आएको हो ।

उक्त जीप नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । ‘जिप नियन्त्रणमा लिएका छौ । डिएसपी लामिछानेले भने ‘लकडाउनको अवधिभर चौकीमै राख्छौ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउन जारी छ तर उक्त लकडाउनको उल्लङ्घन गर्दै यात्रु ओसारेपछि उक्त जीप पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अत्यावश्यक खाद्यान्न ढुवानी लेखेको जिपमा २ बोरा खाद्यान्न लिएर सागेबाट मान्छे ओसारपसार गरेको पाइएको हो ।

जिप चालकले कन्टार सम्म मात्रै भनेपछि उक्त जिपबाट झरेकी एक यात्रु फोनमा भन्दै थिइन ‘कन्टार मै झरे, उता (दमौली बजारमा) चेकिङ्ग छ रे ।’

अलि अलि पैसा आउने लोभका गाउँबाट दमौली सम्म मान्छे लिएर आएको व्यास-५ का वडाअध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

‘गाउँबाट केहि मान्छे लिएर आएको रैछ’ वडाअध्यक्ष श्रेष्ठले भने ‘हामीले थाहा पाएर कन्टारमै यात्रु ओराल्यौ।’ वडाअध्यक्ष श्रेष्ठले भने ‘अबदेखि लकडाउनमा अत्यावश्यक सामाग्री मात्रै ओसारपसार गर्न भनिएको छ ।’

जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ र स्थानिय तहको यसतर्फ ध्यान कम पुगेको देखिन्छ । नाकामा कडाइ नगरे कोरोनाको संक्रमण जिल्ल्ला भित्रिने जोखिम बढ्न सक्ने देखिएको छ ।

भिडीयो हेर्नुस :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ