तनहुँ । कारोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर व्यास नगरपालिकाले तनहुँको दमौली र नगरक्षेत्रमा हप्ताको एक दिन मात्र बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको छ ।
शुक्रबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यो निर्णय गरकेो हो ।
निर्णयमा भनिएको छ, ‘व्यास नगरपालिका स्थित बैंक तथा वित्तीय संस्थाहरुलाई हप्तामा १ दिन मात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सेवा प्रवाह गर्न र अत्याधिक ग्राहकहरुको चाप हुने बैंकलाई हप्तामा २ दिन मात्र खोल्न अनुमति प्रदान गर्ने ।’
कुन बैंक कुन बार खोल्ने भन्ने विषयमा बैंकहरु संग छलफल भईरहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, कोरोना भाइरसको बढ्दो प्रभावलाई ध्यानमा राखि तनहुँ उद्योग वाणिज्य संघले जेठ ३ देखि ५ गतेसम्म तीन दिन तरकारी, फलफूल, खाद्यान्न, हार्डवेयस समेतका पसलहरु बन्द गर्ने निर्णय गरेकाले त्यसलाई समर्थन गरी नगरबासिहरुलाई सहयोग पुर्याइदिन कार्यपालिका बैठकले अनुरोध गरेको प्रवक्त श्रेष्ठले जानकारी गराएका छन् । औषधि पसल भने खुल्ला हुनेछन ।
यसैगरी व्यास नगरपालिकाले उक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमको तयारीका विषयमा छलफल गएको छ । सो बैठकले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै वडाहरुबाट जेठ २० गतेभित्र कृषि र शिक्षालाई प्राथमिकतामा राखि सम्बन्धित पक्षहरुसंग छलफल गरी वडागत योजनाहरु पेश गर्न भनेको छ ।
बैठकले कृषि प्रवर्द्धन तथा नियमन कार्यविधि २०७७ पारित गर्दै चालु आर्थिक वर्षा सम्झौता हुन बाँकी रहेका योजनाहरुको यसै वर्षसम्पन्न हुन सक्ने भए जेठ १५ गतेसम्म सम्झौता गरी कार्य अघि बढाउने र सम्पन्न हुन असम्भव देखिएका योजनाहरुलाई आगमि वर्षको क्रमागत योजनामा स्थानन्तरण गर्ने निर्णय गरेको छ।

यस्तै, नगरपालिकाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार एवं राहत कोषमा प्रदेश सरकारबाट १० लाख, नगरपालिकाबाट विनियोजित ५१ लाख रुपैयाँ, नेपाली कांग्रेसबाट ५ लाख, नेकपाबाट १ लाख ११ हजार १११, कर्मचारीहरुको तलब कट्टा, विभिन्न संघ संस्था र व्यक्ति रुपमा प्राप्त आर्थिक सहयोग गरी ७४ लाख ८९ हजार ११६ रुपैयाँ ६६ पैसा जम्मा भएको जानकारी गराएको छ ।
नगरपालिकाले हालसम्म ३ हजार ५९२ घरपरिवारलाई, विभिन्न संघ संस्टाबाट ८९९ समेत गरी ४४ हजार ४९१ घर परिवारलाई राहत वितरण गरिएको विवरण कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।
जिल्ला समन्वय समितिको पहलमा विहीबार भएको सबै पालिका प्रमुखहरुको बैठकले हरेक पालिकमा न्यूनत्तम एक/एक क्वारेन्टिन निर्माण गर्ने गरेको निर्णयानुसार वडा नं. ४ को मदर्शा प्राविमा २५ वेड, व्यास-१ स्थित निर्मल माविमा २५ वेड समेत गरी ५० वेडको क्वारेन्टिन व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको प्रवक्ता एवं वडा नं. ५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
नगरपालिकाको सबै वडा भित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको यही जेठ १० गतेभित्र लगत लिई सुकुम्सबासी समस्या समाधान आयोगमा तथ्याङ्क पठाउने समेत निर्णय गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन