अहिले कोरोना कोभिड–१९ को महामारी छ । विशेष गरी फ्रण्टलाइनमा ३ स अर्थात् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी छन् । सबैभन्दा बढी जोखिम यही वर्गलाई छ । लकडाउन यी पक्षलाई लागू हुँदैन । झनै बढी काम र मेहनत यो बेला गर्नुपरेको छ ।
पर्सामा ४ पत्रकारलाई कोरोना पोजिटिभ देखिएको हल्ला चल्यो । दुई जनाको पुष्टि भयो । उदयपुरमा समेत पत्रकार संक्रमित भएको समाचार आयो । त्यही कारण पत्रकार देखेर पनि समाज डराउने अवस्था आयो । देशभरका पत्रकारको पीसीआर टेस्टका माग गरिएका छन् ।
कास्कीका २ जना पत्रकारको शनिबार को ‘स्याम्पल टेष्ट’ गरिएको छ । दुवैको रिपोर्ट नेगेटिभ आएको छ । लकडाउनमा फिल्ड रिपोर्टिङमा खटिएका पोखरेली पत्रकारमध्ये प्रतिनिधिमूलक ढंगले शनिबार पत्रकार राम गुरुङ र रञ्जन अधिकारीको स्वाब संकलन गरी पीसीआर टेष्ट गरिएको हो।
मुटु रोगी राम गुरुङ फोटो पत्रकार हुन् भने पत्रकार अधिकारी कोरोना देखिएको गृह जिल्ला धादिङबाट १७ दिनअघि पोखरा फर्केका थिए । प्रतिनिधिमूलक हुने गरी टेष्ट गराउन पहल गरिएको नेपाल पत्रकार महासंघ कास्कीले जनाएको छ ।
महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गरी दुवै जना पत्रकारको रिपोर्ट नेगेटिभ आएकोले कास्की अहिलेसम्म सुरक्षित छ अर्थात् संक्रमण छैन भन्ने कुरा व्यवहारमै पुष्टि गरेको दाबी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यो शुभारम्भमात्र हो । यसले वातावरण निर्माण गरिदिएको र यथाशीघ्र फिल्डमा सक्रिय सबै साथीहरुको पिसिआर टेस्ट गराउन महासंघ प्रतिबद्धता ब्यक्त गर्दछ ।’
महासंघ कास्कीको दबाबबीच पनि सीमित श्रोतसाधन, पूर्वाधार र प्रोटोकलका कारण एकैपटक सबैको परीक्षण गर्ने–गराउने अवस्था नरहेको परिस्थिति बुझेर धैर्य रहने अपेक्षा गर्दछौं भनिएको छ ।राष्ट्रिय फोटो पत्रकार महासंघ गण्डकी अध्यक्ष समेत रहेका पत्रकार गुरुङ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कोषाध्यक्ष हुन् । उनी पोखरा सिटी डटकमका संचालक हुन् ।
बिग एफएमका स्टेशन म्यानेजर अधिकारी पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य एवं नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी उपाध्यक्ष हुन् ।
पत्रकार महासंघ कास्कीमा ३ सय बढी पत्रकार आबद्ध छन् । गण्डकी प्रदेशमा हालसम्म ३ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये बागलुङका २ जना महिला उपचारपछि निको भइ घर फर्केकोमा नवलपुरका १ पुरुषको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । नेपालमा २८१ जनामा संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान