अहिले कोरोना कोभिड–१९ को महामारी छ । विशेष गरी फ्रण्टलाइनमा ३ स अर्थात् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी छन् । सबैभन्दा बढी जोखिम यही वर्गलाई छ । लकडाउन यी पक्षलाई लागू हुँदैन । झनै बढी काम र मेहनत यो बेला गर्नुपरेको छ ।
पर्सामा ४ पत्रकारलाई कोरोना पोजिटिभ देखिएको हल्ला चल्यो । दुई जनाको पुष्टि भयो । उदयपुरमा समेत पत्रकार संक्रमित भएको समाचार आयो । त्यही कारण पत्रकार देखेर पनि समाज डराउने अवस्था आयो । देशभरका पत्रकारको पीसीआर टेस्टका माग गरिएका छन् ।
कास्कीका २ जना पत्रकारको शनिबार को ‘स्याम्पल टेष्ट’ गरिएको छ । दुवैको रिपोर्ट नेगेटिभ आएको छ । लकडाउनमा फिल्ड रिपोर्टिङमा खटिएका पोखरेली पत्रकारमध्ये प्रतिनिधिमूलक ढंगले शनिबार पत्रकार राम गुरुङ र रञ्जन अधिकारीको स्वाब संकलन गरी पीसीआर टेष्ट गरिएको हो।
मुटु रोगी राम गुरुङ फोटो पत्रकार हुन् भने पत्रकार अधिकारी कोरोना देखिएको गृह जिल्ला धादिङबाट १७ दिनअघि पोखरा फर्केका थिए । प्रतिनिधिमूलक हुने गरी टेष्ट गराउन पहल गरिएको नेपाल पत्रकार महासंघ कास्कीले जनाएको छ ।
महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गरी दुवै जना पत्रकारको रिपोर्ट नेगेटिभ आएकोले कास्की अहिलेसम्म सुरक्षित छ अर्थात् संक्रमण छैन भन्ने कुरा व्यवहारमै पुष्टि गरेको दाबी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यो शुभारम्भमात्र हो । यसले वातावरण निर्माण गरिदिएको र यथाशीघ्र फिल्डमा सक्रिय सबै साथीहरुको पिसिआर टेस्ट गराउन महासंघ प्रतिबद्धता ब्यक्त गर्दछ ।’
महासंघ कास्कीको दबाबबीच पनि सीमित श्रोतसाधन, पूर्वाधार र प्रोटोकलका कारण एकैपटक सबैको परीक्षण गर्ने–गराउने अवस्था नरहेको परिस्थिति बुझेर धैर्य रहने अपेक्षा गर्दछौं भनिएको छ ।राष्ट्रिय फोटो पत्रकार महासंघ गण्डकी अध्यक्ष समेत रहेका पत्रकार गुरुङ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कोषाध्यक्ष हुन् । उनी पोखरा सिटी डटकमका संचालक हुन् ।
बिग एफएमका स्टेशन म्यानेजर अधिकारी पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य एवं नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी उपाध्यक्ष हुन् ।
पत्रकार महासंघ कास्कीमा ३ सय बढी पत्रकार आबद्ध छन् । गण्डकी प्रदेशमा हालसम्म ३ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये बागलुङका २ जना महिला उपचारपछि निको भइ घर फर्केकोमा नवलपुरका १ पुरुषको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । नेपालमा २८१ जनामा संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
बागलुङमा ५६ हजार ‘मेट्रिकटन’ आलु उत्पादन
अर्जुन कुमालको कप्तानीमा गण्डकी क्रिकेट टोली घोषणा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते