नवलपुर भित्रिने सवारी साधनलाई अनिवार्य स्यानिटाइज गर्नुपर्ने

नवलपुर भित्रिने सवारी साधनलाई अनिवार्य स्यानिटाइज गर्नुपर्ने

Nawalpur Disanitize

कमला राना मगर, नवलपुर । बाहिरी जिल्लाबाट पूर्वी नवलपरासी भित्रिने सवारी साधनलाई अनिवार्य रुपमा स्यानिटाइज गर्न शुरु गरिएको छ ।

पूर्वी नवलपरासी(नवलपुर)को पूर्वी नाका गैडाकोट नगरपालिका र पश्चिममा विनयी त्रिवेणी गाउपालिका दुम्किबासको ज्यामिरेमा अन्य जिल्लाबाट आउने सवारी साधनहरुलाई स्यानिटाइज गर्न शुरु गरिएको हो ।

जिल्लाको स्थानीय तहको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लायन्स क्लब र स्वास्थ्य कार्यालयको सहकार्यमा उक्त शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खांणले जानकारी दिए ।

पुर्वी नवलपरासीबाट बाहिरीने सवारी साधनलाई समेत स्यानिटाइज गर्ने गरिएको प्रहरी नायव उपरीक्षक खांणले बताए ।

गत शुक्रबार मात्रै नवलपुर प्रशासनले सूचना जारी गरी नवलपुरमा भित्रिने तथा बाहीरीने सवारी साधनको पास पुर्ण रुपमा बन्द गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ