लायन्स क्लब अफ तनहुँ डुम्रेकाे अध्यक्षमा गुरुङ

लायन्स क्लब अफ तनहुँ डुम्रेकाे अध्यक्षमा गुरुङ

Bais Gurung Lion Tanahun Dumre

तनहुँ । लायन्स क्लब अफ तनहुँ डुम्रेको अध्यक्ष बैँस गुरुङ चयन भएका छन ।

गुरुङ बन्दिपुरका पर्यटन व्यवसायी समेत हुन ।

गत शुक्रबार बसेकाे क्लबको बैठकले प्रथम उपाध्यक्षमा राजेन्द्र सुनार, दित्तीय उपाध्यक्षमा मानकाजी श्रेष्ठ, तृतीय उपाध्यक्षमा भानुभक्त पोख्रेल चयन गरेको छ ।

त्यस्तै क्लबको सचिवमा रीता तिवारी, कोषाध्यक्षमा ऋषिरम अधिकारी, रिपोर्टिङ अफिसरमा सम्सेर बहादुर गुरुङ चयन भएका छन ।

क्लबले डुम्रे र वरपरको क्षेत्रमा विभिन्न कार्यक्रम र सहयोग गर्दै आएको छ ।

आगामी दिनमा पनि समाज पर्ने दु:ख, अप्ठ्यारोमा सहयोग गर्ने क्लबका नवनियुक्त अध्यक्ष बैँस गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ