लकडाउनमा खाद्यान्न र तरकारी आपुर्तिबारे उपयुक्त विकल्प सहितको खुलापत्र

लकडाउनमा खाद्यान्न र तरकारी आपुर्तिबारे उपयुक्त विकल्प सहितको खुलापत्र

Rabin Podel

रबिन पौडेल । हामि लामो समयदेखि कोभिड १९ बाट जोखिन सरकारले घोषणा गरेको लकडाउन पालना गरिरहेका छौँ अझ पंक्तिकारले त नेपाल सरकारले लकडाउन घोषणा गर्नुपुर्व नै व्यासमा हामीले लकडाउन घोषणा गरोँ भनेर सार्वजनिक रुपमा पत्रिका मार्फत अनुरोध गरेको थियो ।

झण्डै २ महिने लकडाउन पालना गरेर नागरिकले त सहयोग गरे तर सो अनुरुप केन्द्र सरकार र स्थानिय सरकारले आवश्यक तयारी नगर्दा यो अवधिको सदुपयोग हुन सकेन ।

झण्डै २ महिना सबै आर्थिक गतिविधि वन्द गरेर वस्दा व्यवसायि देखि श्रमिक सम्म गम्भिर असर परिसकेको छ भने मानसिक त्रासदी समेत उत्तिकै, तसर्थ विगतका कमि कमजोरी अव दोहोरिन दिनु किमार्थ हुँदैन नत्र फेरी लकडाउनको पालना गर्ने तर पनि जोखिममुत्त नहुने हो भने घरमा बन्द हुनुको मात्र अर्थ रहँदैन ।

तरकारी तथा फलफुल बारे

सुरु देखि नै पंत्तिकारको जोड संक्रमित क्षेत्रका तरकारी तथा फलफुल आयातमा प्रतिवन्ध लगाई स्थानिय उत्पादनको प्रर्वद्धन गर्नुपर्दछ भन्नेमा जोड रह्यो धेरैले पंत्तिकारलाई तरकारीको बारेमा मात्र बढी जोड किन भनेर जिज्ञासा पनि राख्नूूभएको थियो ।

व्यास नगरपालिकाको नगरसभामा नै बाहिरको उत्पादनमा कर बढी लगाएर स्थानिय उत्पादनलाई बजार दिनुपर्दछ र विचौलिया मोटाउने कृषक मारमा पर्ने प्रवृद्धिको अन्त्य हुनुपर्दछ भनेर प्रस्ताव गर्ने प्रस्तावक भएका कारण पनि यस विपक्तिमा रोगवाट जोगिने उपाय तथा स्थानिय उत्पादनले बजार पाउने दोहोरो लाभ लिने सुवर्ण अवसर किमार्थ गुमाउनु हुँदैन भन्नेमा मेरो बढी जोड रहेको हो ।

कोभिड १९ को महामारीबाट सर्वाधिक प्रभावित भारतवाट आयातित तरकारी तथा फलफुल पुर्ण रुपमा रोक लगाउन दबाब दिन हामीले सव्जि मण्डी बन्द गराएका थियौँ र संगसंगै बरादी तरकारी उत्पादक सहकारी संग समन्वय गरी घर घरमा तरकारीको आपुर्तिको प्रवन्ध समेत गरेका थियौँ तर सोहि दिन तरकारी वजार पुन खुला गर्ने निर्णय भएछ र सहकारीको तरकारी वोक्ने सवारी साधनलाई धम्क्याउने समेत कार्य भएछ ।

नगरपालिकाले त्यस पछि भने आयातित तरकारीमा प्रतिवन्ध लगाउने स्वागतयोग्य निर्णय गरेको थियो तर त्यस्ता तरकारीलाई नियन्त्रणमा पनि लिएको थियो तर कर समेत नतिरेको प्रमाण सहित वरामद गरिएको तरकारीलाई विना कारवाही केही घण्टामा नै नगरप्रहरीको समेत मनोवल गिर्ने गरी चावि हस्तान्तरण गरियो । यस भित्रका अनेक हल्लाहरु बजारमा चले, यो नियति फेरी दोहोरीयो ।

अहिले फेरी केही समय स्टक क्लियर गर्ने मौका सहित सवै बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । बजार बन्द हुने सुचना बाहिरिए संगै तरकारी पसलमा हाल सम्मकै ठुलो संख्यामा उपभोक्ताको भिड लागेको थियो ।

तनहुँमा कोरोनाको संक्रमणको परिक्षण सन्तोषजनक छैन र बिना जानकारी बाहिर वा संक्रमित क्षेत्रवाट आउनेको पनि एकिन विवरण हामी संग छैन यस्तोमा एक जना मात्र संक्रमित तरकारी पसलमा किनमेलका लागि गएका भए अवस्था के हून्छ हामी कल्पना समेत गर्न सक्दैनौँ र ट्रेसिङको सम्भावना त लगभग शुन्य प्राय नै हुनेछ ।

तसर्थ त्यो गल्ति अव दोहोर्याउनु हूँदैन किनभने जुन दिन तरकारी पसल खुलाको जानकारी दिइन्छ अनुमान गरोँ त्यो दिन तरकारी वजारमा भिड कति हुनेछ ।

नभए त असाध्यै राम्रो कथंकदाचित संक्रमित कोहि तरकारी पसल गए भने अवस्था के हुन्छ ? त्यस्को परिणाम के हुन्छ ? तसर्थ यसवाट वच्न बेलैमा योजना सहित वजार खुला गरिनुपर्दछ ।

पंत्तिकार बजार वन्दका पक्षमा सुरु देखि नै छैन तर पुर्ण व्यवस्थित वजारको भने जोडदार पक्षधर हो ।

होम डेलिभरी सबैभन्दा उपयुक्त उपाय

सुरु देखिको मेरो जोड पुन दोहोर्याउन चाहन्छु । नागरिकहरुको आवात जावत कम गर्ने र भिड कम गर्ने भरपर्दो उपाय होम डेलिभरी हो ।

तरकारी, खाद्यान्न देखि धेरै वस्तु होम डेलिभरी दिन सकिन्छ वरु यस्का लागि उद्योग वाणिज्य संघ वा अन्य सामाजिक संस्था र स्वंसेविहरुको सहयोग लिने ।

कम्तिमा सम्भव भएका स्थानमा होम डेलिभरी गर्ने मात्र हो भने पनि भिड घट्ने निश्चित छ । होम डेलिभरीका लागि पनि समय तालिका वनाउन सकिन्छ ।

उदाहरणका लागि १ वार २ वडामा डेलिभरी गर्ने हो भने पनि सातामा १४ वडामा होम डेलिभरी गर्न सकिन्छ ।

तरकारीको हकमा यहि प्रयास हामीले यस अगाडि गरेका पनि हौँ तर दमौलीको सव्जी मण्डी खुला तथा व्यवसायिहरुको अवरोध पछि यो रोकिएको हो र अहिले पनि उहाँहरु होम डेलिभरीका लागि तयार रहेको जनाउनूभएको छ ।

टाइम कार्ड घातक हुनेछ

हाल सम्मको हाम्रो अभ्यास एक प्रकारको टाईम कार्ड लागु गरिएको छ । यस वाट हुने फाइदा र वेफाईदा वारे अध्ययन वा अनुमान गरिए जस्तो लाग्दैन किनभने यस्को अनुमान भएको भए यो व्यवस्था लागु नै हुने थिएन किनभने संक्रमण सर्नका लागि कुनै खास समय अनुकुल वा कुनै खास समय प्रतिकुल भन्ने कुनै अध्ययनले भनेको छैन वरु टाईम कार्डका कारण भिड लागेको छ र लाग्ने सम्भाव्यता पनि प्रवल हुन्छ ।

वित्तिय संस्था बारे

हाल अर्को ठुलो भिड हुने स्थान बैंक तथा वित्तिय संस्था भएका छन् । साविककै समयमा समेत भिडभाड हुने विक्तिय क्षेत्रमा पनि टाइम कार्ड लागु भएका छन् ।

लकडाउन अगाडि समेत ६ दिन खुला हुँदा समेत भिड हुने स्थानमा अहिले केही दिन अनि केही घण्टा खुला गर्दा भिड कति होला सहजै अनुमान लगाउन सकिन्छ ।

तसर्थ यस्मा पनि टाइम कार्ड लगाउनु घातक देखिन्छ बरु जुन वैंकको ग्राहक क्षेत्र कहाँ कहाँ छ सो तथ्यमा आधारित रहेर वैंक संगको समन्वयमा निश्चित क्षेत्रका ग्राहकका लागि खास दिन वा समय तोक्ने हो भने भिड कम गर्न सकिन्छ ।

बजार क्षेत्र र शिक्षित क्षेत्रमा इ-बैंकिङ सुविधा लिन प्रोत्साहन गर्ने, एटिममा जोखिम भएकाले सेवाग्राही नगइरहेको हूँदा प्रत्येक एटिममा पञ्जाको व्यवस्था सम्बन्धित वैंक वा अन्यत्रवाट व्यवस्था गर्ने हो हालको आधा भिड कम हुनेछ र ग्रामिण क्षेत्रमा सामाजिक दुरी कायम गरी मोवाईल बैंकिङको व्यवस्था गर्ने, बृद्धभक्ता वितरणमा जस्तै ।

विगतमा बृद्ध भक्ता गाउँमा गएर वितरण गरिएको थियो तर अहिले रोकिएको हूँदा तिनै वृद्ध वृद्धाहरु बैंकमा आउनुपर्ने बाध्यता अनि भिड दुवै भएको छ ।

अरु पनि धेरै सवालमा भिड कम गर्ने उपाय अवलम्बन गर्न सकिने प्रशस्त आधारहरु छन् तसर्थ यो समय भनेको सक्दो भिड कम गर्ने र सामाजिक दुरी कायम गर्ने हो यदि यसो गर्न चुक्यौँ भने ट्रेसिङ गर्न असम्भव प्राय हुनेछ र महामारी नियन्त्रण वाहिर जानेछ र त्यतिवेला हामी सामु पछुताउनु शिवाय कुनै विकल्प वाँकी रहनेछैन । अस्तुः

लेखक व्यास नगरपालिकाका नगरसभा सदस्य हुन् ।
[email protected]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ