लमजुङको एक सहित थप २७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४०२

लमजुङको एक सहित थप २७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४०२

Corona Positive

पोखरा । थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमित मध्ये लमजुङका एकजना रहेका  छन ।

थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली एक जना, कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

मन्त्रालयकाअनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् ।

प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ