लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ युवा प्रहरी नियन्त्रणमा

लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ युवा प्रहरी नियन्त्रणमा

boys

दार्चुला –  दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘देशमा अहिले बन्दाबन्दीको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ, लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेका थिए ।

जसले गर्दा कोरोनाको खतरा समेत बढने सम्भावना भएकाले नियन्त्रणमा लिनुपरेको हो, प्रहरी नायव उपरिक्षक पदम विष्टले बताए । साथै उनीहरुलाई पक्राउ गर्नुमा सुरक्षा व्यवस्था पनि कारणको रुपमा प्रहरीले देखाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ