दमौलीका व्यवसायीद्वारा तनहुँसुरका १०७ ज्यालादारी परिवारलाई खाद्यान्न सहयोग

दमौलीका व्यवसायीद्वारा तनहुँसुरका १०७ ज्यालादारी परिवारलाई खाद्यान्न सहयोग

Tanahusur Rahat Corona

तनहुँ । तनहुँको दमौलीमा विभिन्न व्यापार व्यवसाय गर्ने व्यवसायीहरुले लकडाउनको मारमा परेका दैनिक ज्यालादारी परिवारलाई सहयोग गरेको छ ।

व्यास-११ तनहुँसुरका ६ वटा टाेलका १०७ घर परिवारलाई राहत व्यवसायीले वितरण गरेका हुन ।

प्रत्येक घर परिवारलाई १५ किलो चामल, १ पोका नुन, १ पोका तेल, १ किलोग्राम दाल दिइएको थियो ।

द पासल सप्लायर्सका डि एण्ड डि भाडा पसलका दिनेश कुमार श्रेष्ठ, मल्ल भाडा पसलका कुमार मल्ल र मङ्गल भाडा पसलका विष्णुलाल श्रेष्ठ लगाएतका व्यवसायीले खाद्यान्न सहयोग गरेका हुन ।

ऊनीहरुले व्यास-११ वडा कार्यालय संग समन्वय गरेर राहत हस्तान्तरण गरेका हुन ।

राहत हस्तान्तरण कार्यक्रममा व्यास-११ का वडाअध्यक्ष नीर बहादुर खड्का, वडासदस्य हेम बहादुर अधिकारी लगाएतकसमेत सहभागी रहेकाे थियो ।

उक्त राहतको व्यवस्थापन व्यास युवा परिषद्का सदस्य गाेबिन्द तिमल्सेनाले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ