तनहुँका १ सय ९१ जनालाई भारतीय सीमा क्षेत्रबाट उद्धार: १०७ जनाको पीसीआर परिक्षण, रिपोर्ट नेगेटिभ

तनहुँका १ सय ९१ जनालाई भारतीय सीमा क्षेत्रबाट उद्धार: १०७ जनाको पीसीआर परिक्षण, रिपोर्ट नेगेटिभ

Sunauli Border

सुनौली नाकाबाट नेपाल आउन लाइन बसेका नेपालि ।

किरण श्रेष्ठ, तनहुँ । नेपालमा लकडाउनका कारण भारतका विभिन्न राज्यबाट आएर सिमा क्षेत्रमा रोकिएका तनहुँका १ सय ९१ जनालाई जिल्लामा ल्याइएको छ । सिमाक्षेत्रमा रोकिएका १ सय ९१ जनालाई उद्धारगरी जिल्ला ल्याइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण भारतीय सिमा क्षेत्रमा रोकिएका नेपाली नागरिकहरुलाई उद्धार गर्न थालिएको छ । ‘भारतबाट आई सिमाक्षेत्रमा बसेका तनहुँका नागरिकहरुलाई उद्धार गरी जिल्ला ल्याएका छौ । प्रजिअ अधिकारीले भने ‘यसरी ल्याइएकोमा जिल्लाका १० वटै स्थानिय तहका १ सय ९१ जना छन ।’

भानु नगरपालिकामा बनाइएको क्वारेन्टाइन ।

उद्धार गरी ल्याइएकाहरुको आरडिटि किट मार्फ कोरोनाको द्रुत परीक्षण गरिएको र यी सबै जनाको पुनः पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी भएको प्रजिअ अधिकारीले बताए । जिल्लामा एक सय थान पिसिआर किट उपलब्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने ‘क्वारेन्टाइनमा बसेका सबैको पिसिआर प्रविधिबाट परीक्षण गरिने छ ।’

उद्धार गरी ल्याइएको नागरिकहरुलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ । भारत तथा मुलुककै अन्य जिल्लाबाट आएका नागरिकहरुलाई सम्बन्धित स्थानीय तहले तयार गरेको क्वारेन्टाइनमा अनिवार्य १५ दिन बस्नुपर्ने व्यवस्था गरिएको र उनिहरुको नियमित स्वास्थ्य निगरानी गरिने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

व्यास नगरपालिकाले व्यास-१ को भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसमा तयार गरिएको क्वारेन्टाइनमा ४५ जनालाई राखिएको छ ।

१ सय ९१ जना क्वारेन्टाइनमा

यस्तै, तनहुँको स्थानीय तहद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा आइतबारसम्म १ सय ९१ जना राखिएको छ । कोरोना भइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा भारतीय सिमाबाट उद्दार गरि जिल्ला ल्याइएको १ सय ९१ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

जिल्लाको भानु नगरपालिकामा ११, व्यास नगरपालिकामा ४५, शुक्लागण्डकी नगरपालिकामा २७, भिमाद नगरपालिकामा ४५, आँबुखैरेनी गाउँपालिकामा ३, देवघाट गाउँपालिकामा १२, ऋषिङमा २, घिरिङ गाउँपालिकामा १५, म्याग्दे गाउँपालिकामा २३, बन्दिपुर गाउँपालिकामा ८ गरी १ सय ९१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए।

आवश्यक अवस्थाका लागि भनेर जिल्लामा हालसम्म २६ एम्बुलेन्स, ९६ थर्मल गन, १९४ वेड क्षमताको क्वारेन्टिन, ४२ वेड क्षेमताको आइसोलेशन कक्षा, ४६६ पिपिइ र ६२ वटा हेल्थ हेल्प डेस्क तयारी अवस्थामा राखिएको छ ।

६७३ जनाको आडिटि

यस्तै, जिल्लामै र्‍यापिड टेस्ट किटमार्फत ८३ महिला र ५९० पुरुष गरी ६७३ जनामा कोरोना द्रुत परीक्षण गरिएको छ भने १८ जना महिला र ८९ जना पुरुष गरी १०७ जनाको थ्रोट स्वाब संकलन गरी पिसिआर किटद्वारा कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ