एजेन्सी । कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिँदा गत मार्च मध्यदेखि विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भइरहेको छ ।
अर्थतन्त्रका सबैजसो क्षेत्र तथा उद्योगहरूमा गम्भीर नकारात्मक असर परिरहेको छ । तर यो महामारी कतिपय अर्बपतिहरूका लागि भने निकै फापेको छ । महामारीका बेला अभूतपूर्व रूपमा अर्बौं कमाउनेमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि परेका छन् ।
समाचार अनुसार, फेसबुकका संस्थापक तथा सीईओ जुकरबर्गले पछिल्लो २ महिनामा मात्रै आफ्नो कूल सम्पत्तिमा ३० अर्ब डलरले वृद्धि गर्न सफल भएका छन् । ब्लुम्बर्ग अर्बपति सूचकांकअनुसार, मार्चको मध्यताका जुकरबर्गको कूल सम्पत्ति ५७ अर्ब ५० करोड डलर थियो । अहिले उनको सम्पत्ति बढेर ८७ अर्ब ५० करोड डलर पुगेको छ ।
योसँगै जुकरबर्ग विश्वका सर्वाधिक धनी मान्छेको सूचीमा तेस्रो स्थानमा उक्लिन सफल भएका छन् । जुकरबर्गभन्दा अगाडि अब अमेजन मालिक जेफ बेजोस र माइक्रोसफ्ट संस्थापक बिल गेट्समात्र छन् । बिल गेट्सको सम्पत्ति १ खर्ब ८ अर्ब डलर छ भने बेजोसको सम्पत्ति १ खर्ब ४७ अर्ब डलर रहेको छ ।
जुकरबर्गको सम्पत्तिमा व्यापक वृद्धि हुनुमा फेसबुक कम्पनीको शेयर मूल्यमा भएको उल्लेख्य वृद्धि प्रमुख कारण हो । सीएनबीसीको हालैको एक रिपोर्ट अनुसार, फेसबुकको शेयर मूल्यमा किर्तिमानी बढोत्तरी हुँदै हालै प्रतिशेयर मूल्य २३० डलर ७५ सेन्ट पुग्यो । फेसबुकले केही दिनअघि सपिङ प्लाटफर्म सार्वजनिक गरेसँगै कम्पनीको शेयर मूल्यमा उछाल आएको हो ।
महामारीका बीच करोडौं मानिसहरु घरभित्रै बस्न बाध्य भइरहेका बेला फेसबुकले पछिल्लो समय एकपछि अर्को नयाँ फिचर थप गरिरहेको छ जुन प्रयोगकर्ताहरूले निकै रुचाएका पनि छन् । जसमध्ये भिडियो कन्फ्रेन्सिङका लागि मेसेन्जर रुम्स निकै लोकप्रिय बनिरहेको छ र अर्को भिडियो कन्फ्रेन्सिङ एप जुमलाई टक्कर दिइरहेको छ ।
सम्बन्धित खबर
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
एन्ड्रोइड फोनमा ‘कल डिस्प्ले’ अचानक परिवर्तन
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?