बागलुङमा ६ जनालाई कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या १३ पुग्यो

बागलुङमा ६ जनालाई कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या १३ पुग्यो

Corona Update1

पोखरा । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । बडिगार्ड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० वर्षका दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, तमानखोला गाउँपालिकाका वर्ष २१ का दुुई र २७ वर्षका दुुई जना गरि चार जनामा संक्रमण देखिएको हो । उनीहरुलाई सुनौली नाकाबाट उद्धार गरिएकाको थियो । उद्धार गरेर उनीहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमितहरु लाई बागलुङको आइसोलेसनमा पठाउने तयारी भईरहेेको छ ।  बडिगार्ड गाउँपालिकामा भेटिएका कोरोना संक्रमितलाई पनि बागलुङकै आइसोलेसनमा पठाउने तयारी गरिएको छ । बागलुङमा झण्डै ४ सय जना भारतबाट आएर क्वारेन्टाइनमा वसेका छन् । उनीहरु मध्ये केहीको मात्रै कोरोना जाँच भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । मंगलबारमात्र स्याङ्जाको वालिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । उनीहरु नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित थिए । ६५ बर्षिय वृद्धा महिला र १९ बर्षिय युवती धौलागिरी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds