स्याङ्जा र नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या १६ पुग्यो

स्याङ्जा र नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या १६ पुग्यो

Corona update 1

पोखरा । गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्याङ्जाको वालिङ स्थित क्वारेन्टाइनमा बसेका ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

२६ र २२ वर्षका दुई पुरुष र १ जना समेत गरि ३ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए ।

तीनै जनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भई रहेको उनले जानकारी दिए ।

त्यस्तै नवलपुरका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

नवलपुरको देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नवलपरासी बर्दघाट सुस्ता (पूर्व)को देेवचुुुुली नगरपालिका स्थित क्वारेन्टाइनमा रहेेका १९ वर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनलाई भरतपुर स्थित कोरोना अस्पतालमा लागिएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

हिजो मात्रै बागलुङमा ६ नयाँ संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ