म्याग्दीका १ जना पुरुषमा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ पुग्यो

म्याग्दीका १ जना पुरुषमा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ पुग्यो

Corona Positive Kit

पोखरा । म्याग्दीका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दी जिल्लाको मालिका गाउँपालिका स्थायी ठेगाना भई बेनी नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका ३० वर्षीय का एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

बिहीबार साझ प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

कोरोना संक्रमित व्यक्तिलाई बेनी स्थित आईसोलेसन कक्षमा राख्ने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ