नवलपुरको देवचुलीमा थप दुई जनालाई कोरोना संक्रमण, गण्डकी प्रदेशमा १९ पुग्यो

नवलपुरको देवचुलीमा थप दुई जनालाई कोरोना संक्रमण, गण्डकी प्रदेशमा १९ पुग्यो

पोखरा । नवलपुर (पूर्वी नवलपरासी)को देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले देवचुलीका दुई जनामा कोरोना पुष्टि भएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको जनाएको छ ।

कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । १९ र २१ का दुई जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।

चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको हो ।

७३ जनाको बिहीबार परीक्षण गर्दा ७१ जनामा नेगेटिभ र नवलपुरका दुई जनामा पोजेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।

योसहित चितवनमा १७ सय ५ वटा नमूना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ ।

१० जनामध्ये चार जना देवचुलीकै छन् । कुल संक्रमितमा नवलपुरका पाँच र चितवनका पाँच जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ