पुर्वी नवलपरासीमा एक वृद्धाको मृत्यु: हत्याको आशंका, बुहारी प्रहरी नियन्त्रणमा

पुर्वी नवलपरासीमा एक वृद्धाको मृत्यु: हत्याको आशंका, बुहारी प्रहरी नियन्त्रणमा

IMG_20200531_105945

नवलपुर । पुर्वी नवलपरासीको कावासाेति नगरपालिकामा ८२ वर्षीया एक वृद्वाको मृत्यु भएको छ ।

कावासाेति नगरपालिका वडा नम्बर ८ स्थित शित्तल चाेक निवासि ८२ वर्षिया यशाेदा अधिकारी शनिबार विहान आफ्नै बाथरुममा लडि गम्भीर घाइते भएकी थिइन ।

परिवारले अधिकारीलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पुर्याएकाे थियो । तर उनको अस्पतालमा उपचारका क्रममै मृत्यु भएको छ ।

बाथरुममा लडेर घाइते भएको भनिएपनि घटनाको प्रकृति हेर्दा शंकास्पद भएकोले मृतक वृद्वाकाे बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्याको अाशंकामा बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धानकाे लागि बुहारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक माेहन बाहादुर खांणले जानकारी दिए ।

मृतक वृद्वाकाे हत्या भएको भन्दै दाेषिलाइ कार्वाही गर्नुपर्ने माग राख्दै स्थानीयले नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ