काठमाडौं – सरकारले असार १६ गतेसम्म सबै उडान बन्द गर्ने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिए
‘अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने भएको निर्णयलाई २०७७ साल असार १६ गते अर्थात् जुन ३० सम्म सीमा क्षेत्रको आवागमन स्थगित गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले भने, ‘सीमामा थप कडाई गर्ने निर्णयसमेत भएको छ ।’
सरकारले सीमाको आवागमनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गर्ने सम्बन्धमा दुई देशबीच कुराकानी गर्ने निर्णयसमेत गरेको छ ।
जेठ ३२ गतेसम्म लकडाउन लम्बियो
सँगै सरकारले लकडाउनको अवधि जेठ ३२ गते आइतबारसम्म लम्बाउने निर्णय गरेको छ । लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा निर्णय गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिलाई सरकारले जिम्मा दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोक्न सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
श्रीमति मारेर जेल परी निस्किएका धादिङका बाबुकाजीले ८८ वर्षीय ठूलोबुवा पनि मारे
स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
तनहुँको शेरामा ईभी हाइस दुर्घटना
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प