निरन्तर रक्तस्राव भएपछि म्याग्दीकी गर्भवतीको हेलिकोप्टरमार्फत उद्दार गरि पोखरा ल्याइयो

निरन्तर रक्तस्राव भएपछि म्याग्दीकी गर्भवतीको हेलिकोप्टरमार्फत उद्दार गरि पोखरा ल्याइयो

Myagdi Peg1

पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ सिखकी एक गर्भवती महिलाको उद्दार गरिएको छ । गर्भवती नरदिता गर्बुजालाई हेलिकप्टरमार्फत उपचारका लागि पोखरा ल्याइएको छ ।

प्रसुति गराउन स्थानीय स्वास्थ्य चौकी लगिएकी उनको निरन्तर रक्तस्राव  भइरहेको र स्वास्थ्यकर्मीले रेफर गरेपछि हेलिकप्टरमार्फत उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो ।

स्थानीय स्वास्थ्यकर्मीले नै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनलाई खबर गरेपछि उनको उद्धार भएको हो ।

महिलाकाे स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानकारी प्राप्त भएपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमार्फत हेली उद्दार गरिएको मन्त्री नरदेवी पुनको सचिवालयले जनाएको छ ।

दुर्गमका गर्भवतीलाई असहज परिस्थितिमा उद्धार गरेर सुविधायुक्त अस्पताल ल्याउने काम गण्डकी प्रदेशले गर्दै आएको छ । गण्डकी प्रदेशले १५ जना गर्भवतीको यसरी नै हेलिकप्टरमार्फत उद्धार गरिसकेको छ ।

महिलाको थप उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
(फोटो: प्रकाश पौडेल, सामाजिक बिकाश मन्त्रालय)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ