पोखरा । म्याग्दीका कोरोना संक्रमितसँग एउटै बसमा आएका ६ जना सम्पर्कविहीन भएका छन् । गत जेठ ९ गते भैरहवाको नमुना माविबाट क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर आएको बसमा सवार २३ जनामध्ये ६ जना सम्पर्कविहीन भएका हुन ।
सम्पर्कविहीन मध्ये २ जना पोखराको पुरानो बसपार्कमा ओर्लिएका थिए ।
त्यस्तै लमजुङका ३ जना तनहुँको डुम्रेमा र गोरखाका १ जना आँबुखैरेनीमा ओर्लिएको स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।

म्याग्दीको मालिका गाउँपालिका–२ रुमका ३० वर्षीय पुरुषमा गत जेठ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
म्याग्दी यातायात प्रा.लि.को ना ५ ख २८९८ नम्बरको बसमा सवार व्यक्ति नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य निर्देशनालय पोखराले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशका ६ जिल्लामा कोरोना संक्रमण भेटिएको छ । आइतबारसम्म गण्डकी प्रदेशको बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङका गरी अहिलेसम्म २४ जनामा कोरोना पुष्ट भएको छ ।
स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार बागलुङमा सबैभन्दा धेरै ८ जनामा कोरोना देखिएको छ । तीमध्ये २ जना घर फर्किसकेका छन् ।

तनहुँमा भने आज पहिलोपटक एक जनामा कोरोना संक्रमण देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज बिहान कोरोना पुष्टि भएको हो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो