म्याग्दीका कोरोना संक्रमितसँगै बसमा आएका पोखरा, लमजुङ र गोरखाका ६ जना सम्पर्कविहीन

म्याग्दीका कोरोना संक्रमितसँगै बसमा आएका पोखरा, लमजुङ र गोरखाका ६ जना सम्पर्कविहीन

Myadgi Corona Sam b1 – Copy

पोखरा । म्याग्दीका कोरोना संक्रमितसँग एउटै बसमा आएका ६ जना सम्पर्कविहीन भएका छन् । गत जेठ ९ गते भैरहवाको नमुना माविबाट क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर आएको बसमा सवार २३ जनामध्ये ६ जना सम्पर्कविहीन भएका हुन ।

सम्पर्कविहीन मध्ये २ जना पोखराको पुरानो बसपार्कमा ओर्लिएका थिए ।

त्यस्तै लमजुङका ३ जना तनहुँको डुम्रेमा र गोरखाका १ जना आँबुखैरेनीमा ओर्लिएको स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।

म्याग्दीको मालिका गाउँपालिका–२ रुमका ३० वर्षीय पुरुषमा गत जेठ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

म्याग्दी यातायात प्रा.लि.को ना ५ ख २८९८ नम्बरको बसमा सवार व्यक्ति नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य निर्देशनालय पोखराले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशका ६ जिल्लामा कोरोना संक्रमण भेटिएको छ । आइतबारसम्म गण्डकी प्रदेशको बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङका गरी अहिलेसम्म २४ जनामा कोरोना पुष्ट भएको छ ।

स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार बागलुङमा सबैभन्दा धेरै ८ जनामा कोरोना देखिएको छ । तीमध्ये २ जना घर फर्किसकेका छन् ।

तनहुँमा भने आज पहिलोपटक एक जनामा कोरोना संक्रमण देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज बिहान कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ