किरण श्रेष्ठ, तनहुँ । तनहुँको पहिलो कोरोना संक्रमित युवकलाई जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको उपचार गर्न १२ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गरेको छ ।
एक जना डक्टर, २ जना नर्स र १ जना सहयोगी कोरोना संक्रमित युवकको उपचारमा खटाइको केन्द्रका कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले जानकारी दिए । ‘ओपीडी पुरै बन्द गर्ने तयारि छ ।’ कार्यकारी निर्देशक श्रेष्ठले भने ‘इमर्जेन्सी सेवा मात्रै दिनेछौ ।’

पहिले २७ बेड क्षमताको आइसोलेसन तयार गरिएको भएतापनि कोरोना संक्रमित फेला नपरेको हुँदा नियमित सेवा संचालनका लागि १२ बेडको आइसोलेसन बनाइएको थियो ।
आज मात्रै जिल्लामा कोरोना भाइरसको एक जना संक्रमित फेला परे संगै नियमित सेवा बन्द गरि आइसोलेसन बेड बढाउँन र उपचार सम्बन्धमा स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकार संग समन्वय भईरहेको केन्द्रका कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले बताए ।
तनहुँ जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो । तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ४ स्थायी ठेगाना भएका २८ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
कोरोना संक्रमित पुरुष जेठ १० गते भारतबाट आएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २८ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
उनीहरुको सँगै व्यास नगरपालिकाका ५४ जनाको गत १६ गते शुक्रबार थ्रोट स्वाब लिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
जसमध्य ५१ जना भारतबाट आएका हुन् भने अन्य ३ जनामा क्वारेन्टाइनका सुरक्षाकर्मी, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख र एक जना खान बनाउनेको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको प्रमुख सोतीले जानकारी दिए । अन्य ५३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा