नवलपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा २७ पुग्यो

नवलपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा २७ पुग्यो

Corona update 1

पोखरा । नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भए छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २२ र ३६ का २ जना पुरुषहरुमा कोरोना संक्रमण भएको होब।

त्यस्तै सोहि नवलपुरकै बिनयत्रिवेणी गाउँपालिका ठेगाना भइ हाल सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष १४ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

सोमबार बिहान स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा जनाएको छ ।

तीनै जना कोरोना संक्रमितहरुलाई अहिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद बिन्दु शर्माले बताए ।

आइतबार मात्रै तनहुँको ऋषिङका वर्ष २८ का १ जना पुरुष र स्याङ्जामा दुइ जनामा कोरोना संक्रमण देखिएको थियो । स्याङ्जाको गल्याङ क्वारेनटाइनमा रहेका २७ र ४० वर्षा दुइजना पुरुषमा कोरोना देखिएको थियो ।

गण्डकीको बाग्लुङ्गमा ६ जना पुरुष र २ महिला गरि कुल ८ जना, स्याङ्गजामा ६ पुरुष र १ महिला गरि कुल ७ जना, म्याग्दीमा १ पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा (नवलपुरमा) ८ पुरुष र १ महिला गरि कुल ९ जना, लमजुङका १ जना र तनहुँका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरमा सोमबार थप ३ जना कोरोना संक्रमित थपिए संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

बागलुङका २ जना भने निको भएर घर फर्किसकेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ