पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पोखरा–९ पृथ्वीचोकमा ११औं वार्षिउत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शुक्रराज कंडेलको सभापतित्वमा सो कार्यक्रम सम्पन्न थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका प्रमुख तेज नारायण अधिकारी रहेका थिए । सो अवसरमा प्रमुख अतिथि अधिकारीले विषम परिस्थितिमा पनि रक्तदान कार्यक्रम आयोजना गरेर सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।
सोही अवसरमा पोखरा महानगरको विपत व्यवस्थापन कोषमा सहकारीले २२ हजार २ सय २२ रुपैयाँ सहयोग समेत गरेको छ । साथै सहकारीले २०७७ सालको भित्तेपात्रो पनि लोकार्पण गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष तथा सल्लाहकार किसन सुनार, सल्लाहाकार राधिका योगी शाही, संस्थाका कार्यसमिति सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति थियो ।
सामाजिक दुरी कायम गरि गरिएको उक्त रक्तदान कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष सुबास ढुंगाना र कार्यक्रम संचालन संस्थाका सचिव लोकेन्द्र कुमार राईले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ