पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पोखरा–९ पृथ्वीचोकमा ११औं वार्षिउत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शुक्रराज कंडेलको सभापतित्वमा सो कार्यक्रम सम्पन्न थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका प्रमुख तेज नारायण अधिकारी रहेका थिए । सो अवसरमा प्रमुख अतिथि अधिकारीले विषम परिस्थितिमा पनि रक्तदान कार्यक्रम आयोजना गरेर सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।
सोही अवसरमा पोखरा महानगरको विपत व्यवस्थापन कोषमा सहकारीले २२ हजार २ सय २२ रुपैयाँ सहयोग समेत गरेको छ । साथै सहकारीले २०७७ सालको भित्तेपात्रो पनि लोकार्पण गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष तथा सल्लाहकार किसन सुनार, सल्लाहाकार राधिका योगी शाही, संस्थाका कार्यसमिति सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति थियो ।
सामाजिक दुरी कायम गरि गरिएको उक्त रक्तदान कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष सुबास ढुंगाना र कार्यक्रम संचालन संस्थाका सचिव लोकेन्द्र कुमार राईले गरेका थिए ।
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’