जापानको चिवामा बस्दै आएकी नेपाली चेली कामना खनालले पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रमलाई नगद सहयोग गरेपछि आश्रम सञ्चालक तथा आश्रितहरुलाई राहत केही भएपनि राहत पुगेको छ ।
तनहुँको भानु नगरपालिका टुहुरे पसल घर भई विगत केही वर्षदेखि जापानमा बस्दै आएकी कामनाले कोभिड–१९ को विश्वव्यापी सङ्कटका कारणबाट अप्ठ्यारो अवस्थामा रहेकाहरुका लागि २० हजार ३१ रुपैंया सहयोग रकम पठाएकी थिइन् ।
आश्रममा सहारा लिँदै आएका असहाय, बृद्धबृद्धा तथा बालबालिकाका लागि त्यसमध्ये १० हजार ३१ प्रदान गरिएको हो । सो सहयोग रकम आज गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले आश्रममा हस्तान्तरण गरेकी हुन् ।
खनालले उपलव्ध गराएको सो रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका सचिवालय सदस्य त्रिभुवन पौडेलको समन्वयमा मानव सेवा आश्रमलाई आधा रकम प्रदान गरिएको हो । बाँकी रकम १० हजार बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गर्ने ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरणका लागि प्रदान गरिने भएको छ ।
मानव सेवा आश्रमले असहाय बालबालिका, युवा तथा वृद्धवृद्धाहरुका लागि निःशुल्क खाना र बस्नको व्यवस्था गर्दै आएको छ । आश्रममा हाल ११७ जनाले आश्रय लिएका छन् । आमा सीमा र बुवा लेखनाथ खनालकी छोरी कामनाले आफूले बैदेशिक रोजगारी मार्फत कमाएको पैसा कोरोना महामारीको बेला असहाय जनता र स्वास्थ्यकर्मीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु