नवलपुरका थप एक जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा ३८ पुग्यो

नवलपुरका थप एक जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा ३८ पुग्यो

corona

पोखरा । नवलपुरको बुलिङटार गाउँपालिका ठेगाना भई कपिलबस्तुको बाडगंगा नगरपालिका स्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका १६ वर्षीय एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना संक्रमित युवकलाई चितवनको भरतपुर महानगरपालिका स्थित कोरोना अस्पतालमा उपचार भई रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ