सुर्यमणि प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुपद्वारा दोस्रो चरणको राहत वितरण

सुर्यमणि प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुपद्वारा दोस्रो चरणको राहत वितरण

received_946520125770206

पोखरा । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनमा रहिरहेको बेला प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुपको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा न. १४ मनकामना टोलका ६० बिपन्न परिवारलाई मंगलवार दोस्रो चरणको राहत उपलब्ध गराएको छ ।

मनकामना टोल, खाल्टे मसिना टोल र समितारा टोलका अति विपन्न राहत नपाएकालाई राजनीति, जाति, धर्म, वर्ग र सम्प्रदाय भन्दामाथि उठेर राहत वितरण गरिएको हो ।

‘धेरै पटक धेरैले राहत थापेको देख्यौं तर हाम्रो नाम र पालो कहिल्यै आएन ।’ ‘हाम्रा कुरा सुनिदिने कोही छैन जस्तो लागेको थियो तर आज लकडाउनको ७१ दिन पछि पहिलो पटक घर टोलमै राहत आएकोमा खुशी लागेको एक लाभग्राहीले बताइन् ।

पोखरा इन्जिनियर्स ग्रुपका सल्लाहकार धुर्ब गर्बुजाले प्रा.डा सूर्यमणि अधिकारी प्राविधिक भएकाले इन्जिनियरहरूले प्रकृतिको दोहन मात्रै होइन संरक्षण गर्नुपर्ने सन्देश दिए ।

उनले कोरोना भाइसरले हामीलाई हाम्रो संस्कार अवलम्बन गर्न पाठ सिकाएको छ भनेर प्रष्ट पारे ।

वृद्ध, अशक्त र सुत्केरी तथा राहात पाउन पर्ने व्यक्तिको खोजि मनोहर युबा क्लबका कोषाध्यक्ष सैलेष बानिया, मनकामना टोल बिकास सस्थाका अध्यक्ष रामचन्द्र केसि र मसिना टोल विकास का अध्यक्ष लक्षमण गुरुङ ले गरेका थिए ।

प्रतिष्ठानका संरक्षक कपिलनाथ कोइरालाको उपस्थित कार्यक्रममा पोखरा इन्जिनियर्स ग्रुपका शक्ति बरुवालले कार्यक्रम संचालन गरेका थिए भने प्रतिष्ठानकी अध्यक्ष इन्दिरा अधिकारीले कोइरालाले सहभागी र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds