गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित, कुल ५४ पुग्यो

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित, कुल ५४ पुग्यो

Corona Trot Swap

पोखरा । गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिएका छ्न । यो संगै गण्डकी प्रदेशना कुल कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

बिहिवार बाग्लुङको निसीखोला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिलामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बाग्लुङ कै बडीगाड गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङको गल्कोट नगरपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पर्बतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २१ र २१ का २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २४ र २८ का २ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

म्याग्दीको मंगला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds