तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

Corona Update1

तनहुँ । तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो संगै तनहुँमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

यस अघि तनहुँको ऋषिङ-४ स्थायी ठेगाना भई व्यास नगरपालिकाले व्यास-१ आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना देखिएको थियो ।

तनहुँका पहिलो कोरोना संक्रमित जेठ १० गते भारतबाट आएका थिए ।

कोरोना संक्रमित व्यक्तिहरु लाई तनहुँको अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

तर कुन अस्पतालमा लैजाने भनेर छलफल भईरहेको उनले जानकारी दिए ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ