तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो

तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो

Rishing Shukla Mavi

किरण श्रेष्ठ, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाका कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित दुबै जना भारतबाट गत जेठ ११ गते तनहुँ आइपुगेका थिए ।

भारतको नयाँ दिल्लीबाट जेठ ११ गते तनहुँ आइपुगेका उनीहरु लाई ऋषिङ गाउँपालिकाले ऋषिङ-१ झापुटार स्थित शुक्ला माविमा बनाएको क्वारेन्टाइनमा राखिएको थियो ।

जेठ ११ गते २३ जनाको समुहमा आएर क्वारेन्टाइनमा बसेको तथ्याङ्ग गाउँपालिका संग रहेको ऋषिङ गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख लोक थापाले जानकारी दिए ।

संक्रमित संगै एउटै कोठामा ८ जना

‘कोरोना संक्रमित संगै एउटै कोठामा ८ जना बस्ने रहेछ । प्रमुख थापाले भने ‘कोठामा संगै बस्ने सहित जेठ ११ गते आउने अन्य २१ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।’

उक्त शुक्ला माविको क्वारेन्टाइनमा ३० जना बस्दै आएको उनले जानकारी दिए । उनले थपे ‘२३ जनाको रिपोर्ट आयो अन्य ७ जना पछि आएको हुँदा कोरोना परिक्षण गर्न बाँकी छ ।’

आज शुक्रबार (जेठ २३ गते) कोरोना संक्रमण पुष्टि भएका दुवै जनालाई आइसोलेशनमा लगिएको छ । कोरोना पुष्टि भएका दुबै जनाको शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा उपचारका लागि पठाईएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँला प्रमुख शंकरबाबु अधिकारीले बताए ।

भारतको नयाँ दिल्लीबाट आएका ऋषिङ गाउँपालिकाका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गत जेठ १६ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।


गत जेठ १८ गते आइतबार सोही गाउँपालिकाका वडा नम्बर ४ स्थायी ठेगाना भएका भारतबाट फर्किएका व्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

शुक्रबार ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुई पुरुष गरी तनहुँमा हालसम्म कोरोना संक्रमितको संख्या ३ जना पुगेको छ ।

जिल्लाका ३ जना कोरोना संक्रमितको शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा उपचार भईरहेको छ ।

क्षमता अनुसार पहिलो चरणमा कोरोना संक्रमित सम्पुर्णलाई जीपी कोइरालाको आइसोलेसनमै राखिने प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।

संक्रमित तीनै जनाको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । शुक्रबार तनहुँमा कोरोना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा ५६ जना पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गाउँपालिकाका प्रमुख श्रेष्ठ क्वारेन्टाइन स्थलमा

ऋषिङ गाउँपालिकाका प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले शुक्रबार बिहान क्वारेन्टाइनको स्थानमा उपस्थित भई काउन्सेलिङ तथा सान्त्वना दिएका थिए । साथै कोरोना संक्रमितको व्यवस्थापनमा समेत जुटेका थिए ।

‘शारीरिक व्यायाम, योग, मनोरञ्जन एवं समाजिक दुरी कायम गरि सुरक्षित रहन सबैमा अनुरोध गर्दछु ।’ प्रमुख श्रेष्ठले भने ‘क्वारेन्टाइनमा आवश्यक सामाग्री एवं व्यवस्थापनको सवालमा कमि हुन दिनेछैनौ ।’

कोरोनाबाट निको हुनका लागी पहिले आफ्नो मनोबल उच्च राख्न समेत प्रमुख श्रेष्ठले सुझाब दिए । यस्तै सिङ्गो गाउँपालिका सुरक्षित राख्नका लागि क्वारेन्टाइनमा बसेकाहरुको इमानदार हुनुपर्ने प्रमुख श्रेष्ठले बताए ।

ऋषिङ गाउँपालिकाको ८ वटा क्वारेन्टाइनमा अहिले १ सय ८७ जना रहेको गाउँपालिकाले जनाएको छ । ५ जना घर फ़र्किसकेका छ्न भने ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

३८७ को रिपोर्ट नेगेटिभ

तनहुँका ४ सय ७० जनाको पीसीआर विधिबाट कोरोना संक्रमण गरिएको छ । परिक्षण गरिएको मध्य ४१२ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

जसमा ३ जनाको भने कोरोना पोजेटिभ देखिएको छ । ५५ जनाको भने रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा भारत तथा बाहिरी जिल्लाबाट आएका ६३७ जनालाई स्थानीय तहले निर्माण गरेको क्वारेटाइनमा राखिएको छ ।

यो पनि:
तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँको पहिलो कोरोना संक्रमितलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखियो

पहिलो कोरोना संक्रमित १ हप्ताअघि भारतबाट आएका थिए, १० जनाकाे टाेली

तनहुँमा पहिलाे व्यक्तिमा काेराेना पुष्टि, गल्याङमा २ थपिए, गण्डकीमा २४ पुग्याे

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ