पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
नयाँ संक्रमण स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपुरमा ४ जना थपिएका हुन ।
गोरखामा १० जना कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको पालुङटार नगरपालिकाका वर्ष १७ का एक पुरुष र गण्डकी गाउँपालिकाका वर्ष २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ का ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्याङ्जाको वालिङ नगरपालिकाका वर्ष २९, ४९, ३४, ५२, ३८, ३१,२५,२७, ४६, ३७, २१, १८ र ३२ गरि १३ जना र भिरकोट नगरपालिकाको वर्ष ४५ का एक जना छन् ।
त्यस्तै बागलुङको बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष छन् ।
संक्रमितमध्ये एकजनाको उमेर खुल्न नसकेको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन् ।
त्यसैगरि नवलपुरको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सबै पुरुष हुन् ।
सबै संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमित मध्य बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् ।
गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस देखिएको छ ।

सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा