गोरखाको पालुङटारसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११३ पुग्यो

गोरखाको पालुङटारसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११३ पुग्यो

Corona update 1

पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

नयाँ संक्रमण स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपुरमा ४ जना थपिएका हुन ।

गोरखामा १० जना कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको पालुङटार नगरपालिकाका वर्ष १७ का एक पुरुष र गण्डकी गाउँपालिकाका वर्ष २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ का ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाको वालिङ नगरपालिकाका वर्ष २९, ४९, ३४, ५२, ३८, ३१,२५,२७, ४६, ३७, २१, १८ र ३२ गरि १३ जना र भिरकोट नगरपालिकाको वर्ष ४५ का एक जना छन् ।

त्यस्तै बागलुङको बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष छन् ।

संक्रमितमध्ये एकजनाको उमेर खुल्न नसकेको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन् ।

त्यसैगरि नवलपुरको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सबै पुरुष हुन् ।

सबै संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्य बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् ।

गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ