तनहुँ । रुम टु रिड तनहुँले शिक्षा विकास तथा समन्वय इकाईको समन्वय तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन सँगको साझेदारीमा तनहुँमा रेडियो स्कुल कार्यक्रम संचालनमा ल्याएको छ ।
कोभिड १९ का कारण सरकारले लकडाउन घोषणा गरेसँगै भौतिक रुपमा विद्यालय जान नसक्ने भएपछि विभिन्न वैकल्पिक विधिको प्रयोगबाट बालबालिकाहरुको पठनपाठनलाई सहयोग पु¥याउने उदेश्यले कार्यक्रम संचालन गरिएको हो ।
संस्थाले गत वैशाख २२ गतेदेखि मादिसेती एफ.एम (१०५.८ मेघाहर्ज)मार्फत् कार्यक्रम संचालन गरेको कार्यक्रम अधिकृत लाल बहादुर खड्काले जानकारी दिए । कोरोना कहरको बिषम परिस्थितिलाई मध्यनजर गर्दै बालबालिकाको पढाईबाट ध्यान नहटोस् र उनीहरुलाई विभिन्न विषयको रचनात्मक ढंगले ज्ञान् प्रदान गर्न सकियोस् भन्ने उदेश्यका रेडियो कार्यक्रम सञ्चालन गरिएको खड्काले बताए ।
बालबालिकाहरु विद्यालय जान नपाएको अवस्थामा घरमै रहदा मनोरन्जनात्मक क्रियाकलापमा सहभागी गराउने, आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्ने अवसर दिने, सन्दर्भ पुस्तकहरुहरुको अध्ययनको लागि प्रोत्साहित गर्ने, विभिन्न विषयको व्यवहारिक ज्ञान प्रदान गर्ने लगायतका कार्य गर्नका लागि रेडियो कार्यक्रम शुरु गरिएको पढ्नको लागि कोठा तनहुँका फिल्ड कार्यक्रम व्यवस्थापक खड्ग बहादुर कुवंरले जानाकारी दिए ।
रेडियो स्कुल कार्यक्रम अन्तर्गत रोचक जानकारी, बाल कविता, कथा, सन्देशमुलक नाटक, कक्षा १ र २ का बालबालिकाको लागि शब्द निर्माण प्रतियोगिता, जीवन उपयोगी शिक्षाले किशोरीहरुमा आएका सकारात्मक अनुभवहरु, लकडाउनको अवस्थामा बालिकाहरु कसरी सुरक्षित रहन सक्छन् भन्ने जस्ता विषयहरु समावेश गरिने गरिएको छ ।
साथै कार्यक्रममा विभिन्न विज्ञहरको सुझाव र अन्तवार्ता पनि प्रशारण हुदै आएको छ । रेडियो स्कुल कार्यक्रम प्रत्येक दिन वेलुका ५ बजेदेखि साढे ५ बजेसम्म प्रसारण हुने गरेको रेडियोको स्टेशन मेनेजर ओमकार आचार्यले जनाए । उनका अनुसार रेडियो स्कुल मार्फत् बालबालिका एवं विद्यार्थीहरुले लकडाउनको समयको अधिकतम सदुपयोग गरिरहेका छन् ।
कार्यक्रम मार्फत् श्रोताहरुमा सकारात्मक सुचना तथा जानकारी संप्रेसण भई राम्रोे प्रभाव पारेकाले अन्य रेडियोको सहयोगमा कार्यक्रम विस्तार गर्ने योजना रहेको बालिका शिक्षा कार्यक्रमकी कार्यक्रम सहायक मन्जु लोहनीले बताइन् ।
रेडियो स्कुल कार्यक्रम मार्फत् विशेषत, बाल बिबाह, यसका बेफाइदा, कोभिड १९ र बाल मनोविज्ञानमा यसले पारेको असर, महिनाबारी, लैगिंक भुमिका र प्राचीन धारणा जस्ता बिषयहरुलाई नाटक संवाद, कविता, गीत अन्तरवार्ता जस्ता माध्ययमहरुबाट प्रस्तुत गरिदै आएको लोहनीको भनाई छ । कार्यक्रमले बालबालिका, शिक्षक, अभिभावकहरुमा सकारात्मक प्रभाव पारेको बताईको छ ।
विशेषत प्राथमिक तहका बालबालिकाहरुलाई लक्षित गरी रुम टु रिडले तनहुँका १०३ वटा सामुदायिक विद्यालयहरुमा साक्षरता कार्यक्रम र १२ वटा विद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत बालिकाहरुलाई लक्षित गरी बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’