पोखराको आइसोलेसनमा उपचाररत स्याङ्जा वालिङका कोरोना संक्रमितको मृत्यु

पोखराको आइसोलेसनमा उपचाररत स्याङ्जा वालिङका कोरोना संक्रमितको मृत्यु

coronavirus22

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले निकालेको विज्ञप्तीमा भने उमेर ५८ छ ।

ती वृद्ध लाई हिजो आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको मृत्यु यो नै पहिलो हो । कोरोना संक्रमण देखिनु अघि ती वृद्धको अस्पतालको प्रि-आइसोलेसन कक्षमा उपचार भईरहेको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि हिजो संक्रमित व्यक्तिलाई अस्पतालको आइसोलेसन कक्षमा राखेको थियो । कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल (कन्ट्रयाक्ट ट्रेसिङ) शुरु भइसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्य बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds